श्रमिक कल्याण केन्द्र पश्चिम बंगाल सरकारद्वारा संचालित कमप्यूटर सेन्टरको उद्घाटन

मङ्पू ८ अगस्त , डी.के वाइबा । श्रमिक कल्याण केन्द्र पश्चिम बंगाल  सरकारद्वारा संचालित तथा उपासना कमप्युटर संस्थानद्वार प्रायोजित कमप्युटर सेन्टरको आज औपचारिक उद्घाटन भयो । स्थानीय रविन्द्र भवन नजिक सिन्कोना बगान अधिन स्थ सरकारी भवनमा अस्थायी रुपमा सञ्चालन शुरु गरिएको उक्त कमप्युटर सेन्टरको आज उत्तर बङ्गाल बिकास मन्त्री गौतम देवले रिबन काटेर औपचारिक उद्घाटन गरे । यस कमप्युटर सेन्टरबाट
 स्थानीय श्रमीकहरुका छोरा छोरीहरु लाभान्वित हुने भएको छ । मासिक ५० रुपीया शुल्कमा यहाँ सर्टिफिकेट कोर्स तथा डिप्लोमा कोर्सहरुबारे बिद्यार्थीहरुलाई कमप्युटर ट्रेनिङ दिइने भएको छ । मासिक ५० रुपीया शुल्क लाग्ने भएता पनि बिद्यार्थीहरुले १०० रुपीयाँ तिर्न पर्नेछ । तर उक्त ५० रुपीयाँ भने पछि श्रमिक कल्याण केन्द्र पश्चिम बङ्गाल सरकारले कोर्सको समापन पछि छात्र
 बृत्तिको रुपमा फिर्ता गरिदिने एसिस्टेन्ट वेलफेयर काउन्सिलर साधन मण्डले जानकारी दिए । आज औपचारिक उद्घाटन गरिएको यस कमप्युटर सेन्टरमा चाँडै कक्षा संचालन हुने भएको छ । प्रथममा १० वटा कमप्युटर लिएर तालिम शुरु गरिने अनि प्रशिक्षणार्थीको संख्यामा बृद्धी भए कमप्युटरको संख्या पनि बडाएर प्रशिक्षण दिइने भएको छ ।
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.