Mungpoo(मंग्पू)/१सेप्तेम्बर/केशर मोक्तान : सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग ३१ ए (National Highway-NH-31 A)मा सिमा सडक संगठन द्वारा राजमार्गलाई चौडादार गरिने कार्य भैरहेको छ | यसै गरि राष्ट्रिय राजमार्ग ३१ ए को विभिन्न ठाउँहरुमा अब चाडै नै रोड डाइभर्सर गरेर ठुलो पूलहरु निर्माण गरिने तथा बैकल्पिक सडक निर्माण गरिने कुरा ग्रेफका एक अधिकारीले जनाएका छन् | यसरी राजमार्गलाई डाइभर्सर गर्ने क्रममा राष्ट्रिय राजमार्ग ३१ ए अन्तर्गत पर्ने सुन्तले-लोहपूलको १ कि० मि० सडक पनि पर्न गएको सिमा सडक संगठनका अधिकारीले जनाएको छ | यस क्षेत्रमा १कि० मि० सडक डाइभर्सर गरेपछि स्थानीय व्यापारीवर्ग र कृषक दाजु- भाईहरुलाई धेरै नै असुविधा हुने सम्भावना रहेको देखिन्छ | व्यवसायको दृष्टिकोणले जीविका चलाई रहेका लोहपूल-सुन्तलेका २ सय परिवारले यस विषयमा सिमा सडक संगठनका अधिकारीलाई ७ मइ को दिन नै एक ज्ञापन पत्र चडाइ सकेको जसमा सुन्तले- लोहपूलको सडकलाई चौडादार गरेर सडकलाई डाइभर्सन नगरिदिने आह्वान गरेको जानकारी लोहपूलबासी सागर लामाले जनाएको छ | रोडलाई सिमा सडक संगठनले सुन्तले नजिकबाट डाइभर्सन गर्ने निर्णय लिएकोले उक्त कुरा माथि संगठनले यसरी डाइभर्सनगरे लोहपूल - सुन्तले बासीले राजमार्गको सडकमा उत्रिएर आन्दोलन गर्ने निर्णय लिएको जानकारी गोजमुमो हाईवे ब्लक कमिटिका संयोजक सगर लामाले बताएका छन् | यसरी सुन्तले छेउबाट राजमार्गलाई डाइभर्सनगर्दा सुन्तले पेट्रोल पम्प पनि बन्चित रहने सम्भावना देखिन्छ | यस विषयमा लोहपूल - सुन्तले बासीले कालेबुंग समष्टिका विधायक डा० हर्क बहादुर छेत्रीलाई पनि अवगात गराउदै पत्रचार गरिसकेको जानकारी गोजमुमो लोहपूल-सुन्तले शाखाका सचिव कल्याण राईले दिएका छन् |
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEizfELNT7wtXmjGazwjc7PoMyGAIklgIM7N51e6pecGc-83HDNx21S1gKD-DVNfaanQ8sD9PFSN1cNPw9w_aaQduPwX2MtgsX6p7xKZ1FWpV5eqRDYYI1FHGGW4-LM0EQopsbAHQgNPBrA/s1600/Lohapool+NH+31+High+way.jpg)
Post a Comment
We love to hear from you! What's on your mind?