मंग्पू /१० सितम्बर/केशर मोक्तान : सिन्कोना बगानमा कुइनाइनको खेती संग संगै एपिकेक र रबरको पनि खेती बृहत रुपमा गरिंदै आइरहेको छ | सिन्कोना बगानको मंग्पू अनि रोंगोमा रबरको खेती राम्रो संग भैरहेको छ | यहाँ अंग्रेजहरुले सिन्कोना बगानको खेती शुरु गरेतापनि रोंगो सिन्कोना बगानमा भने रबरको खेती १९९३ साल देखि सिन्कोना बगान भूतपूर्व व्यवस्थापक बी० एन० प्रधान द्वारा शुरु गरिएको बगान निर्देशकले बताएको छ | हालैमा रोंगो रबर खेतीले खुबी राम्रो उत्पादन दिरहेको छ | यहाँको रबर खेतीले भारतमा हालै पहिलो दर्जा ओगट्न सक्षम भएको साथै रबरको प्रतिशत पनि उच्च कोटी रहेको जानकारी दातडुप्ललेयु सिन्कोना जोन केन्द्रिय समिति सह सचिव सन्तोस खवासले बताएका छन् |
यसरी रबरको खेती खुबै राम्रो र बृहत रुपमा भैरहेकोले रबरको पनि सिन्कोना बगान भित्र आफ्नै विभाग हुनपर्छ र यसको खेतीको निम्ति राज्य सरकारले छुट्टै कोष दिन पर्छ भनि दार्जीलिंग तराइ डुवर्स प्लान्टेसन लेबर युनियन सिन्कोना जोनका सभापति गोपाल रुचाल अनि मूल सचिव गगन राई राज्य समक्ष माँग गरेका छन् | स्मरण रहोस वर्ष २०१० अनि २०११ मा रोंगो सिन्कोना बगानबाट १४ टन रबर २७ लाख बराबर मुल्यको बिक्री भएको जानकारी निर्देशक जी० सी० सुब्बा बताउनु हुन्छ | आगमी वर्ष यहाँको ५० एकर जति जमीनमा रबर खेती गर्ने अनि ३५ लाख मूल्य बराबरमा बिक्री गर्ने योजना रहेको छ |

अर्कोतिर मंग्पू रविन्द्रनाथ संग्राहलयलाई धेरै वर्ष देखि सिन्कोना अधिनस्तबाटै देखरेख गरिरहेको छ भने यस संग्राहलयलाई संरक्षण गर्न सिन्कोना बगानबाट ३ जना श्रमिक नियुक्त गरिएको छ जसले गर्दा यस संग्राहलयलाई देखरेख गर्न हेतु प्रति महिना सिन्कोना विभागबाट ४० हजार रुपियाँ खर्च भैरहेको छ | यसैले राज्य सरकारको कुनै पनि विभागले यथासिग्र्ह देखरेख गरिदिए यहाँको प्रत्येक महिना खर्च हुने ४० हजार रुपियाँ सिन्कोना भित्रै रहने थियो भन्ने दार्जीलिंग तराइ डुवर्स प्लान्टेसन लेबर युनियन सचिव गगन राईले बताएका छन् | आज सरकार सिन्कोना विभागमा आएको रकम विभिन्न क्षेत्रहरुमा बाडिन परेको कारणले नै प्रतिवर्ष सिन्कोना घाटामा रहेको सरकारले आरोप लगाइरहेको छ भनि सचिवले जनाए |
सरकार मंग्पू रविन्द्र संग्राहलयलाई चाडै नै कुनै विभागमा नसुम्पिए यहाँ तीन जना बगानका श्रमिक कर्मचारी बर्गलाई संग्राहलयबाट निकालेर सिन्कोना बगानमा नै कार्य गर्न पठाउने पनि सचिवले सरकारलाई चेतवानी दिएका छन् | यदि यस संग्राहलयलाई संरक्षण गर्ने ब्याक्ति बगानमा खटिन पुगे रविन्द्र संग्राहलय असुरक्षित हुने स्पस्ट संकेत देखिन्छ |
Post a Comment