मुख्य मन्त्री ममता ब्यानर्जीले सानी आमाको व्यवहार नगरोस – बिमल गुरुगं


कालेबुगं २६ सितम्बर : डी के वाइबा ‘आज भुँइचालोले सिक्किम सँगै दार्जीलिगं पहाड पनि तहस नहस पारेको छ । भुँइचालोले पहाडको जन जीवन प्रभावित पार्दा राज्यका मुख्य मंन्त्री ममता ब्यानर्जीले खरसांगमा ५ मिनट भ्रमण गर्दैमा समस्याको समाधान हुँदैन । गाँउ गाँउमा जनताहरु बेघर भएका छन् । बेघर जनताको दुखेसो बुझ्नको साटो ५ मिनट खर्सागं भ्रमण मुख्य मंन्त्रीको सानी आमाको व्यवहार हो। यो पाप मात्र अपराद पनि ठान्छौ हामी । मुख्य मन्त्रीको उक्त व्यवहारले हामीलाई फेरी एक्पल्ट छुट्टै राज्य हुनुपर्ने महशुस भएको छ । यदी छुट्टै राज्य भएको भए आज हाम्रा मुख्य मन्त्री जनताको दुखेसो बुझ्न गाउँमा हुने थिए । अब छुट्टै राज्यको निम्ति नै हामी लड्न पर्छ’’ – उक्त कुरा गोजमुमो प्रमुख बिमल गुरुगंले स्थानीय टाउन हलमा पार्टीको सांगठनिक सभालाई सम्बोधन गर्दै भनेका हुन् । गत केहि दिन अघि कालेबुगं महकुमा क्शेत्रमा भुँइचालोले पारेको नोक्सानहरुको जानकारी लिन आएका मोर्चा प्रमुख गुरुगंले आफ्ना पार्टी कार्य कर्ताहरुलाई भुँइचालो प्रभावीत इलाकाहरुको निरिक्शण गर्नु भनि निर्देश दिए । आफुले बिभिन्न ठाउँहरुको भ्रमण गर्दा आफ्ना पार्टी कार्यकर्ताहरु एंव शाखा प्रसाखाका अधीकारीहरु नभेटेको बताउँदै दुखको समयमा जनताको साथमा हुनुपर्ने जनाए। हामीले उनीहरुलाई हिरा मोति वा महलहरु दिनु पर्छ भन्ने होइन तर दुखको समयमा आत्मियता बाँड्नुपर्च भनेका हौं भनि गुरुगंले थपे ।
पञ्चायतहरुले राम्रो कार्य गर्नुपर्छ
मोर्चा प्रमुख गुरुगंले सम्बोधन गर्दै गाउँ घरमा भुँइचालोले पारेको निक्सान पञ्चायत कर्माचारीहरुले सही जानकारी बटुल्नु पर्ने जनाए । प्रत्येक ग्रामवासीहरुको घर घरमा गएर पञ्चायत कर्मीहरुले सही रिपोर्ट बटुल्नु पर्ने बताउँदै कुनै पिडीतहरु पनि छुट्नु नहुने बताए।
जन प्रतिनिधीहरुले जनताको काम गर्नु पर्छ
पार्टी कर्मीहरुलाई सम्बोधन गर्दै गुरुगंले जन प्रतिनिधीहरुले जनताको काम गर्नुपर्ने निर्देश दिए। तिनले यदि जनताको काम नगरे कान समात्ने पनि जनाए। गुरुगंले केहि दिन भित्रै सांसद जसवन्त सिंह पहाड आउने बताउँदै सांसदले पनि भुँइचालो प्रभावित इलाकाहरुको भ्रमण गर्ने बताए। सोहि अवधि सबैले सांसदलाई जनताको गुनासो पनि सुनाउँनु भनि जनाए। तिनले भुँचालो पिडीत कतिपय परिवारहरुको घर सांसद अनि विद्याकका तर्फबाट बनाइदिने व्यवस्था पनि गरिदिनु पर्ने जनाए।
बर्सिए मोर्चाकै कतिपय नेताहरु संग बिमल
फ्नो सम्बोधनको क्रममा मोर्चा प्रमुख आफ्नै नेताहरु संग पनि बर्सिन चुकेनन् । गुरुगंले कसैको नाम नलिइकन कालेबुगंमा धेर बाठो नेताहरु छन् भन्दै कालेबुगं यदि छुट्न चाहे आफुलाई कुनै आपत्ति समेत नरहेको जनाए । घरमा पनि छोर छोरिले धेर दुख दिए आफ्ना आमा बाबुले गरेर खानु भनेर छुटाईदिने गरेको बताउँदै परिवारलाई धेर दुख दिँदा आफैले दुख पाउँछ भनि तिनले जनाए। आज कतिपय नेताहरुले जनतालाई लत्याउँने काम गरिरहेको बताउँदै यो हानिकारक हुने बताए। जनताले आफनो काम गरोस भनेर पठएका नेताहरुले जनताकै काम गरेन भने त्यो सहन योग्य नहुने पनि तिनले जनाए। आफु राजनीति गर्न नआएको तर जनताको उन्मुक्ति गर्न आएको बताउँदै नेताहरुले नराम्रो राजनीति गर्नुनहुने पनि तिनले जनाए।
२ नम्बर कामको पछि नलाग्ने गुरुगंको निर्देश
गोजमुमो प्रमुख गुरुगंले यसपल्ट आईलामा जस्तो २ नम्बरको काम नगर्नु भनि निर्देश दिएका छन् । नेताहरुलाई झोडा र देवलको पछि तथा टेणडरको पछि नलाग्ने निर्देश दिंदै जनताको सेवा गर्नु भने। झोडा र टतणडरको पछि कुदेको मोर्चालाई आरोप लाग्नु नहुने बताउँदै दुखको समयमा जनता संग आत्मियता बाँड्नु जानु भनि तिनले जनाए। यसै क्रममा गुरुगंले कतिपयले आफु संग फोटो खिचेर कामको प्रतिशत बटुल्न जानेहरुलाई पनि प्रहार गर्दै होशियारी गराए। यसले पार्टीको बद्नाम हुने जनाउँदै पार्टीको बदनाम गर्नेहरुलाई अब कुदाउँने बताए।
राहत समिति बनाईदिने
भुँइचालो पिडीतहरुलाई राहत सामग्रीहरु सही प्रकारले वितरण गर्न गुरुगंले कालेबुगं महकुमामा राहत समिति बनाइदिने घोसना गरे। उक्त समितिले बिभिन्न ठाउँहरुमा राहत कार्य पुर्याउँने काम गर्नुपर्ने तिनले निर्देश दिए। सोहि क्रममा गुरुगंले चाँडै समश्टी कमेटीहरु पनि बनाइदिने अनि जनताको सेवा गर्न सबैलाई आ आफ्नो इलाकाहरु पनि छुट्टाईदिने जनाएका छन् ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.