भूकम्पको चपेटमा लाब्दा विभागीय सह-व्यवस्थापकको कोठी

 अंग्रेजकालीन शताब्दी पुरानो भवन , गृहबासस्थान, मजदुरहरुका घरहरु १८ सेप्टेम्बरको भूकम्पले क्षति पुगेको समाचारहरु हरेक दिन पत्र पत्रिकाहरुमा आईनै रहेको छ | यस्तै समाचारहरुमा
मंग्पूको लाब्दा विभागीय सह- व्यवस्थापकको सरकारी कुइलेनबारी अवस्थित अंग्रेजकालीन लाब्दा कोठीलाई पनि पूर्ण क्षतिग्रस्त भएको छ | कोठी बस्न योग्यको नहुदा अहिले खाली गरिएको छ | स्मरण रहोस उक्त बंगलोबाट सम्पूर्ण
लाब्दा विभागका गाउँहरु, माथि नालीडाँडाका आधि गाउँहरु , सिटोंग.शेल्पू,बाग गौडा, डाक बंगलो , मंग्पू विभागलाई सहजरुपमा दृश्य अवलोकन गर्न सकिने रमणीय स्थानमा अवस्थित छ |
तर शताब्दी पुरानो मंग्पूका अन्य बंगलोहरु झैँ यसको पनि स्यार सुसार , संरक्षण गर्न अति आवश्यक छ | लाब्दा विभाग भित्र पर्ने एक मात्र अंग्रेजकालीन भवन, कोठी,अंग्रेजको चिनारी यहाँको पुरानो शिल्पीमा बनिएको लाब्दा विभागीय
धरोहरको रुपमा अवस्थित छ भन्ने जानकारी बुद्ध कुमार थापाले जानकारी लिएको छ | चारै पट्टि हरियाली गाउँ, बस्ती रयाङ खोला अनि सुन्तला बारी धान बारी ,अदुवा, कुच्चो, अलैचीको खेतीपातीले भरिएको लाब्दा विभागीयको रमणीय दृश्य समेत भ्याउन
सक्ने उक्त अंग्रेजकालीन कोठीको संरक्षण गर्न लाब्दाबासी, सरकारी कुइलेनबारी अधिकारी, कर्मचारीबर्ग अनि विश्व धरोहर चुन्ने भारतीय सरकारी - गैर सरकारी पधाधिकरिगण सबैको ठुलो जिम्मेवारी ठहर्दछ |
यस कोठीको अस्तित्व मंग्पू सिरेल बंगलोको झैँ लोप भएर नजावोस, पुन स्यार सुसार, मर्मति गरेर पहिले कै अवस्थामा ल्याउन सके भविष्यमा इको - टुरिजम तथा विश्व धरोहरको अस्तित्वलाई पनि सेवा पुराउन सक्षम हुने प्रबल सम्भावना रहेको साथै ऐतिहासिक स्थलको रुपमा अवश्यै चिन्हित हुने
सम्भावना छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.