मंग्पू रविन्द्र संग्राहलय कुनै पनि मन्त्रालयमा जिम्मेवारी दिने माँग गर्दै मुख्य मन्त्रीलाई फ्याक्स

मंग्पू/२५ सेप्टेम्बर: मंग्पू भारतवर्षको मानचित्रमा बिशेष छुट्टै बिशेषता लिएर अंकित छन् | बिशेषताहरुको एउटा कारण छ | यहाँको तितो कुइनाइन तथा अन्य औषधीय पौदाको दबाईमुलक उत्पादन संगै साहित्य र कलाको भण्डार पनि मान्न सकिन्छ मंग्पूलाई |
विश्व कवि रविन्द्रनाथ ठाकुरको चार पल्ट मंग्पू आगमन तथा उहाँको मंग्पूमा जीवनका स्वर्णिम दिनहरु बिताउनुको आशिर्वादले गर्दा पनि होला भन्नु अतियुक्ति नहोला | यसरी वहाँ मंग्पूमा बस्दा लेखिएका कविताहरु, चित्रकारिता तथा वहाँसंग जडित विभिन्न महत्वपूर्ण कुराहरुलाई संरक्षण गरि वहाँको
बासगृह आज रविन्द्र संग्राहलयको नामले चर्चित छ | तर दुखको कुरो उनै कवि गुरुको संग्राहलय कुनै निश्चित विभागको जिम्मेवार तथा देखरेखमा छैन | यसै विषयलाई आज गोर्खा जनमुक्ति मोर्चा दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियन सिन्कोना केन्द्रिय समिति तथा मंग्पू स्तरीय दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियनले मुख्य मन्त्री ममता ब्यानर्जीलाई
फ्याक्स द्वारा अवगात गराउँदै यथासिग्र्ह संग्राहलयलाई पूर्ण संरक्षण गरि विकाश गर्न हार्दिक बिन्ति गरेका छन् भनि बुद्ध कुमार थापाले जानकारी दिएको छ | वर्तमान उक्त संग्राहलय र रविन्द्र श्रमिक कल्याण केन्द्र (भवन) लाई प्राय जसो नै निर्देशक डा० जी० सी० सुब्बा सिन्कोना एवम अन्य औषधीय पौदाहरु , व्यवस्थापक सी० बी० थापा, सरकारी कुइलेनबारीका देखभालमा
रही आएको जानकारी छ | त्यस संग्राहलयमा दिनहुँ विभिन्न पर्यटकहरु भ्रमणमा आए पनि बिशेष पर्यटकहरुको निम्ति बासगृह छैन | 
स्मरण गराईन्छ बिगत केही महिना अघि मुख्य मन्त्रीले यस संग्राहलयलाई नेपाली अकादमी बनाउने घोषणाले मंग्पू अनि भारतेली नेपालीहरु हर्षले गद्गद् थिए भने भाषा दिवश नेपालीको एउटा महान पर्वमा उपहार स्वरुप अर्पण गर्लान कि भन्ने आशाको झोली पनि साचेका थिए | तर अहिले सम्म पनि सो पुरा हुन् सकेको छैन | तैपनि मुख्य मन्त्रीको बचनलाई सम्मान गर्दै अझैपनि यस संग्राहलयलाई यथासिग्र्ह एउटा निश्चित बिशेष मन्त्रालयलाई
जिम्मेवारी दिदै नेपाली अकादमी पूर्ण घोषणा गरिदिनु हुनेछ भन्ने बिस्वाशमा छन् मंग्पू दार्जीलिंग पहाडबासी
अनि सम्पूर्ण गोर्खे सन्तान |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.