How Chattrey Subba arrested?

How Chattrey Subba  arrested?
कालेबुंग ९ सितम्बर/डी० के० वाईबा : अन्तत: जीएलओ प्रमुख छत्रे सुब्बा पक्रा परेको ठिक १० वर्ष ५ महिना १४ दिन पछि जलपाइगुडी अदालतबाट आज मुक्त भए | गोर्खा राष्ट्रिय मुक्ति मोर्चा प्रमुख सुबास घिसिंग हमला काण्डको मुख्य आरोपी छत्रे सुब्बा २६ अप्रेल २००१ को दिन नेपालको बिर्तामोडबाट खुबी नाटकीय ढंगले पक्रा परेको थियो | नेपालबाट पक्रा परेका सुब्बालाई बिना प्रमाण आजसम्म जेलमा सडाएर राखे पनि अन्तत उनले मुक्ति पाए | दार्जीलिंग पहाडमा हिंसक आन्दोलन शुरु गरेर दागोपापमा सम्झौता गरेपछि सुबाले गोर्खाल्याण्डको माँग गर्दै अनि दागोपापको बिरोध गरेर जिएलो गठन गरेको थियो | जिएलो गठन गरेर तत्कालिन घिसिंगको जोर तोर बिरोध गर्दै उनले दर्जीलिंगको राजनीतिमा हलचल मचाए तापनि पछिबाट साधु धर्ममा लिप्त भएर मौन बसेको थियो | धेरै समय सम्म साधु धर्ममा लिप्त भएर आध्यात्मिक जीवन बिताउने सुब्बा तीन कटरे घटना काण्डदेखि एका एक चर्चामा आए | तीन कटरे घटना छत्रे सुब्बाले नागाल्याण्डका उग्रवादी संगठनसंग मिलेर शसस्त्र तालिम दिईरहेको खुलासा भए पछि उनि एका एक समाचार पत्रहरुको हेडलाइनमा छापिन पुगे | त्यसपछि थप दार्जीलिंगका तत्कालिन दागोपापका पार्षदहरुलाई राजिनामा दिईनुपर्ने अल्टिमेटम सहित पत्र पठाएपछि झन चर्चाको शिखरमा पुगे | सोही समयदेखि सुब्बा आफ्नो घरबाट भूमिगत भएपछि झन सुब्बाको चर्चा बढेर गयो | उनले दागोपापका पार्षदहरुलाई राजिनामा दिएर गोर्खाल्याण्ड आन्दोलनको निम्ति आघि आउनपर्ने नत्र यसको परिणाम घातक हुने धम्कीपूर्ण पत्र पठाएपछि दार्जीलिंग पहाडको राजनीतिमा नयाँ मोड देखा परेको थियो | त्यस पछि भुटान बोर्डर नजिक तीन कटरेमा कालेबुंग पुलिस र केही अज्ञात युवाहरु माझ झडप भएपछि उक्त घटनासंग पनि छत्रे सुब्बालाई जोडेर हेर्ने कार्य भयो | त्यस समयदेखि चर्चामा आएका छत्रे सुब्बा सुबास घिसिंग हमला काण्ड सोझै जोडिएको आरोप लागेको थियो | सुबास घिसिंग हम्लाकाण्डपछि पुलिस प्रसासनको आँखाको छारो भएका सुब्बा २६ अप्रेल २००१ मा पक्रा परेर बन्दीको जीवन बिताई रहेको थियो | उनलाई पक्रेर दार्जीलिंग अदालतमा पेश गरेपछि मुद्दाको सुनवाई शुरु भएको थियो |
गोरामुमो पार्टीको वर्चस्व रहेको दार्जीलिंग पहाडमा छत्रे सुबाको पक्षमा मुद्दा लड्ने कोही अधिवक्ता नभएपछि उनको मुद्दालाई जलपाइगुडीमा स्थानान्तरण गरिएको थियो | जलपाईगुडी अदालतमा उनको मुद्दालाई स्थानान्तरण गरेपछि शुरु भएको सुनवाईमा उनको अनेकौ जमानत याचिका समेत रद्द भएको थियो | जलपाइगुडीमा मुद्दा सारिए पछि अधिवक्ता अखिल बिस्वाशले उनको मुद्दालाई हातमा लिएर वकालती शुरु गरेको थियो | यधपि सुबाले न्याय भन्ने पाएका थिएनन | सुब्बाको पक्षमा क्रामाकपाका भात्री संगठन गनात्रन्त्रिक क्रान्तिकारी युवा मोर्चा अनि नारी मोर्चाले अनेकौ धारणा प्रदर्शन समेत गर्दा पनि उनले मुक्ति पाएका थिएनन | त्यसपछि गक्रायुमो र गक्रानामो ले बन्दी मुक्ति आन्दोलन संग संयुक्त रुपमा सुब्बाको सुनवाई अनि उनलाई मुक्त गर्नु पर्ने माँग गर्दै आन्दोलन गरिरहेको थियो | सुब्बाको मुद्दालाई हातमा लिएर वकालती गरिरहेका अधिवक्ता अखिल बिस्वाशले पनि बीचमा केही कारणबस वकालती गर्न छोडेपछि हालसम्म अधिवक्ता निप्रेंन दासले उनको पक्षमा वकालती गर्दै आईरहेका थिए |
जलपाइगुडी अदालतमा अनेकौ सुनवाईहरुमा गवाहीहर्को अनुपस्थितिको कारण उनको मुद्दाक सुनवाईमा समेत ढिलो भैरहेको थियो | हमलाकाण्डका मुख्य पिडित गोरामुमो सुप्रिमो लगायत मोठ ७१ जना भन्दा धेर गवाईहरुको साक्षी लिएर पनि अदालतले उनको सुनवाईमा विभिन्न कारणहरु देखाउदै सुनवाईमा ढिलाई गरिएको थियो | सुबास घिसिंगले समेत आफ्नो बयानमा हमलाकारी थाहा नभएको बताउदा समेत उनलाई मुक्ति गरिएको थिएन | अन्तमा आज सुब्बालाई १० वर्ष ५ महिना १४ दिन पछि अदालतलले मुक्त गरिदेएको छ | जलपाइगुडी अदालतको फास्ट ट्राक थर्ड सेसन कोर्टका न्यायधिश संजिता सरकारले आज छत्रे सुब्बालाई मुक्त भएको घोषणा गरिन | सुबाको मुक्ति पछि अब दर्जीलिंगको राजनीतिमा कस्तो मोड आउने हो एउटा कौतुहलताको विषय बनेको छ |

How Chattrey Subba arrested?अन्तत: जीएलओ प्रमुख छत्रे सुब्बा पक्रा परेको ठिक १० वर्ष ५ महिना १४ दिन पछि जलपाइगुडी अदालतबाट आज मुक्त भए |

Read latest post filed under political news, political reviews

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.