कालेबुंग स्टोभ बम काण्ड आरोपी सन्तोष सुब्बाको जमानत याचिका रद्द

 कालेबुंग/डी० के० वाइबा- " एम थेगिन को हुन् ? न म थेगिम चिन्छु न त थेगिम संग सम्बन्ध मेरो छ | म माथि लगाइएका आरोपहरु झूटो हो | मलाई थेगिमको आरोपमा फसाउने षड्यन्त्र हुदैछ "-उक्त कुरा कालेबुंग बस स्ट्याण्डमा स्टोभ बम काण्डको आरोपमा पक्रा परेका सन्तोष सुब्बाले भनेका हुन् | सुब्बालाई आज कालेबुंग पुलिसले चौथो चोटि अदालतमा पेश गरे | अदालतमा पेश गर्न ल्याउँदा पत्रकारहरु संग छोटो कुराकानी गरे सुब्बाले | तिनले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरुको खण्डन गर्दै बिना कारण फसाउने कार्य भैरेहेको बताए | कालेबुंग बस स्ट्याण्डमा एनबीएसटिसी बसमा २६ जुलाईमा अज्ञात व्यक्तिहरुले पड्काएको स्टोभ बम काण्डसित आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गर्दै घटनाको जिम्मेवारी लिने भूमिगत संगठनका मुखिया एम थेगिनलाई चिन्दै नचिनेको समेत दाबी गरे | तिनले आफू कुनै राजनैतिक पार्टीहरुसित सम्बन्ध समेत नरहेको बताउँदै राजनीति गर्ने सोच सम्म नरहेको बताए | यदि भविष्यमा राजनीति गर्न परे परमेश्वरको निम्ति मात्र गर्ने पनि बताए | सुब्बालाई आज कालेबुंग अदालतमा पेश गरियो | यस अवधि उनको पक्षमा जमानत याचिका अदालतमा दर्ता गरिएको थियो तर अदालतले जमानत याचिका रद्द गरेर आगमी ४ नोवेम्बरको दिन पुन अदालतमा पेश गर्नुपर्ने निर्देश दिएको छ | 

स्मरण रहोस कालेबुंग बस स्ट्याण्डमा गत २६ जुलाईको दिन एनबीएसटीसी बसमा अज्ञात ब्यक्तिहरुले स्टोभ बम पड्काएको थियो | बम पड्केको दुई दिन पछि २८ जुलाईको दिन भूमिगत संगठन युएलए का मुखिया एम थेगिनले समचार श्रोतहरुमा सम्पर्क गरेर घटनाको जिम्मेवारी लिएको थियो | घटनाको जाँच गरिरहेको पुलिसले सम्पर्क नम्बरको आधारमा सन्तोष सुब्बालाई शंकाको आधारमा रेली रोडबाट ३० जुलाईको दिन पक्राउ गरेको हो | शंकाको आधारमा पक्रा परेको सन्तोष सुब्बालाई पक्रेर पुलिस घटनाको जडसम्म पुग्ने प्रयाश गरिरहेको भएतापनि एम थेगिन को हुन्  भन्ने अझसम्म सुइको समेत पत्तो लगाउन सकेको छैन | यता सन्तोष सुब्बाले भने आफू माथि लागेको आरोपको बारम्बार खण्डन गर्दै आइरहेको छ | सुब्बाले आफुलाई फसाउने षड्यन्त्र भैरहेको बताईरहेका छन्  भने एम थेगिन को हुन्  भन्ने प्रश्न अझ रहश्यमय बन्दै गैरहेको छ |   
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.