मैलाको समाधान खोई ? बैठकले निकाल्न सकेन ठोस निष्कर्ष

कालेबुङ २१ अक्टोबर : डी के वाइबा

कालेबुङको डम्पिङ समस्या कहिले स्थायी समाधान हुने हुन् त्यो सहज भन्न नसकेता पनि डम्पिङ बिषयलाई लिएर नगरपलीका प्रशासन एंव महकुमा अधिकारी एल एन शेर्पाले डाकेको बैठकले भने कुनै निष्कर्ष निकाल्न सकेन। यहाँको रामकृष्ण रंगमञ्चमा आज डम्पिङको समस्यालई लिएर तिनले बिभिन्न राजनैतिक,गैरराजनैतिक, प्रशासनिक तथा बिभिन्न बिद्यालयका शिक्षकहरुलाई लिएर एउटा बैठक डाकेका थिए। बैठकमा शहरलाई कसरी सफा र सुन्दर राख्न सकिन्छ भन्ने बिषयमा एउटा वृत चित्र पनि प्रदर्शनी गरियो। हालमा कालेबुङमा डम्पिङको सम्स्यालाई स्थायी समाधान गर्नको निम्ति नगरपालीकाले के कस्तो पहल गरिरहेको छ त्यसबारेमा नगरपालीकाका स्वास्थ्य अधीकारी डा एस डी जिम्बालाई अवगत गराए। यसका साथै हाल यहाँको दलमान गाउँ स्थित निर्मान भईरहेको डम्पिङ ग्राउण्डको के कति कार्य भइसक्यो भन्ने बारेमा नगरपालीका प्रशासक एल एन शेर्पाले अवगतत गराए। मानिसहरुले डम्पिङको समस्या स्थायी समाधान गर्न नगर प्रशासनले कार्य नगरेको भन्ने आरोप लागाई रहेको कुराको खण्डन गर्दै शेर्पाले सलिड वेस्ट मेनेजमेन्टको कार्य योजना अनुरुप निर्माण भईरहेको डम्पिङ ग्राउणडबारे बिस्तृत बताए। मानिसहरुले प्रशासनले कार्य गरेन भन्ने आरोप लगाउन अघि के कति कार्य भयो भन्ने बारेमा जानकारी लिनु आवश्यक रहेको पनि बताए। एकातिर डम्पिङको समस्यालई समाधान गर्न नगर प्रशासन लागिपरेको भएता पनि केहिदिन अघि आएको भुँचालोको कारण निर्माणाधीन डम्पिङ क्षेत्रमा पुग्ने बाटो पैह्रोले भत्किएर कार्यमा विलम्ब हुन पुगेको पनि तिनले बताए। एकातिर पैह्रोको कारण कार्यमा बाधा उत्पन्न भएको छ भने हाल टिस्टामा कालेबुङ शहरको मैला फ्याक्न नपाउने मानिसहरुले माग गरेको छ। टिस्टामा मैला फ्याक्नाले क्षेत्रमा वातावरण प्रदुशित बनेको कारण क्षेत्रबासीले अबोप्रन्त मैला फ्याँक्न नदिने भएको छ भने अर्को तिर बैक्लपिक ब्यवस्था नहुँदा नगर प्रशासनलाई मैलाको समस्या घाँटीमा अड्को हड्डीनै बन्न पुगेको छ। टिस्टबासीले मैला फ्याक्न नदिने भएपछि टाउको दुखाई बडेर नगर प्रशासनले पनि कुनै समाधान निकाल्न सकेको छैन । सोही कारण आज समस्याको बाटो खोज्न बैठक डाकिएको थियो। बैठकामा उपस्थित सबैलाई सम्बोधन गर्दै नगर प्रशासक शेर्पालेमैलाको समस्या नगर प्रशासनको मात्र होइन तर सम्पूर्ण नगरवासीको हो भन्दै यसको समाधान गर्न सम्पूर्ण नगरवासीको कर्तबय हो भनि स्पष्ट पारे। यदि मैलाको समाधान निकाल्न मानिसहरू नै सचेत भएर अघि आउन नसके नगर प्रशासनले शहरबाट मैला उठाउन पनि असमर्थ बन्ने स्पष्ट पारे। तिनले भने एकातिर डम्पिङ ग्राउण्ड तयार हुन समय लाग्छ भने अर्कोतिर टिस्टामा पनि फ्याँक्न सकिन्दैन तब मैला कता फ्याँक्नु भनि सबैलाई सोधे। तिनले यस सम्बन्धमा सबैले मैलाको समस्या समाधान गर्न सबैले सुझाव दिनुपर्ने बताउँदै यदि सबैको सहमति भए पुरानो डम्पिङ क्षेत्रमा मैला फ्याकनु सकिने सकिने बताए। कालेबुङ शहरमा हाल दैनिक ३५ मेट्रिक टन मैला थुप्रिने गरेको बताउँदै हाल निर्माणाधीन डम्पिङ ग्राउण्ड पूर्ण नभएसम्म अस्थायि ठाउँ आवश्यक रहेको बताए। यस सम्बन्धमा सुझाव राख्दै बैठकमा उपस्थित जे बी राईले नगर प्रशासनले बन बिभागका संग बैठक गरेर बन बिभागको कुनै एउटा ठाउँ व्यवस्था गर्न सके असल हुने बताए। तिनले हाल निर्माणाधीन डम्पिङ क्षेत्र सही नभएको बताउँदै बन बिभागसित नगर प्रशासनले सही स्थान हेरेर समझौता गरि आफनो जमिन बनबिभागलाई दिएर उनीहरुको जमीनमा डम्पिङ ग्राउण्ड बनाउन सकिने सुझाव दिए। यस कार्यको निम्ति बिधायक डा हर्कबहादुर छेत्रीले बनमन्त्रलय संग सम्पर्क गरेर कतिपय कागजी प्रक्रिया पुरा गर्न सक्ने सुझाव राखे । यस सम्बन्धमा डा छेत्रीले बन बिभागसित आफुले यथाशिघ्र कुराकानी गर्ने बातए। अर्को तिर कृषक कल्याण महासंगका सचिव निष्णु छेत्रीले पनि बन बिभागसित जमीनको निम्ति कुराकानी गर्नु आवश्यक रहेको बताए। तिनले भालुखोपको पुरानो डम्पिङ क्षेत्रमा अस्थायी मैला फ्याँक्ने कुराको बिरोध गर्दै सरकारी खुल्ला जमिनमा मैला फ्याँक्नु पर्ने सुझाव राखे। अर्कोतिर यस सम्बन्धमा नगर प्रशासक एल एन शेर्पाले सरकरी जमिन भएता पनि मानिसहरुले अवैद्य रुपले दखल गरेर बसेको कारण उक्त कार्य पनि सहज हुन नसक्ने स्वीकार गरे। शेर्पाले मैलाको समस्या मिडीया आएकोले कालेबूङ शहरकै बदनामी भएको बताउँदै यसलाई मिडीयामा आउनु उचित नरहेको बताए। यस सम्बन्धमा पुर्व नगर अध्यक्ष जे बी राईले मिडीयामा आउनु उचित हो भन्दै मिडीयामा आए मात्र सरकारलाई समेत थाह भएर समाधानको निम्ति पहल गर्ने बताए। बैठकमा उपस्थित मानिसहरुले अनेकौं सुझावहरु राखे पनि बैटकमा कुनै ठोस निष्कर्ष भने निस्कन सकेन। जसको कारण बैठक अर्को चोटि पुन हुने भएको छ।

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.