भुँइचालो पिडीतहरुलाई राहत सामग्री वितरण


कालेबुङ १९ अक्टोबर: डी के वाइबा

होप फेमेलि ट्रष्टले भुँइचालो पिडित परिवारहरुलाई राहात सामाग्रीहरु वितरण गर्नुको साथै घर ढलेका तीनवटा परिवारहरुलाई २५ वटाको दरले च्यादर पनि बितरण गर्ने कार्य गरेको छ। कालेबुङ महकुमाको लाभा गित बियोङ ग्राम पञ्चायत अन्तर्गत पर्ने मन्दिर गाउँ र शंखे गाउँका १५ वटा परिवारहरुलई ट्रष्टले उक्त राहत सामग्री प्रदान गरेको छ। किरण छेत्रीको नेतृत्वमा रहेको टोलीले शिला ठकुरी, भुवनसिंह ठकुरी अनि कमला राईका परिवार पक्षलाई ट्रष्टले च्यादर प्रदान गर्नुको साथै कालेबुङ माहाविद्यालयमा अध्य्यनरत विद्यार्थी निर्माया ठकुरीलाई २८ सय रुपिया आर्थीक सहयोग पनि प्रदान गर्यो। आगामी दिनहरुमा घर ढलेका परिवारहरुलाई घर निर्माणको निम्ति काठको व्यवस्था गर्ने पनि किरण छेत्रीले बताए। आपादमा परेका परिवारहरुलाई मानवताको नातामा सहयोगका हातहरु बडाउँनुनै ट्रष्टको कार्य रहेको पनि तिनले जनाए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.