भागोपको पहल स्वागतयोग्य

कालेबुङ १९ अक्टोबर: डी के वाइबा

छुट्टै राज्यको निम्ति भगोपले दलिय एकता जुटाउने पहल गरेकोमा भागोपका पूर्व राष्ट्रीय कार्यकारी अध्यक्ष सी के श्रेष्ठले यो समयोचिय रहेको बताएका छन्। तिनले पत्रकारहरुलाई सम्बोधन गर्दै भागोपले दलिय एकता जुटाउने कार्य गरेता पनि छुट्टै राज्यको माग १ करोड २५ लाख भारतभरी छरिएर बसेका गोर्खाहरुको रहेको कारण यस मुद्दालाई राष्ट्रीय मुद्दा बनाएर कार्य गर्नु पर्ने पनि तिनले सुझाव राखे। दलिय एकाता जुटेर पनि यदि राष्ट्रीय स्तरमा आन्दोलनलाई अघि बडाउन नसके यो पनि अर्को धोखा हुनसक्ने पनि तिनले जनाए। तिनले दलिय एकता हुनु महत्वपूर्ण रहेको स्वीकार गर्दै सबैभन्दा महत्वपूर्ण कुरा राष्ट्रीय स्तरमा बैचारीक मञ्चको तयार भएर गोरखाल्यण्डको ओचित्यलाई बुझाउनु पर्ने पनि श्रेष्ठले जनाए। तिनले बिचारमा एकता नभएसम्म केही नहुने पनि बताउँदै राजनैतिक दलहरुको दलिय एकता भन्दा पनि महत्वपूर्ण बिचारको एकतामा जोड दिए। गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रीय स्रमा उठाएर वयवहारिक दिल्ली जानु ठूलो कुरा होइन तर बैचारिक रुपले तयार र एक भएर दिल्ली गएर सरकारलाई दबाव दिनु महत्व हो भन्ने कुरामा पनि तिनले जोड दिए।

Read latest post filed under political news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.