कालेबुंग मेला ग्राउण्डमा स्वा प्रेम दोर्जी अनि स्वा बी बी प्रधान स्मारक फुटबल टुर्नामेण्टको सुरुआत

कालेबुंग 17 नोभेम्बेर : डी के वाइबा
कालेबुंग भेटरेन क्लबको आयोजनामा यहाँको मेला ग्राउण्डमा आजदेखि स्वा प्रेम दोर्जी अनि स्वा बी बी प्रधान स्मारक भेटनेर फुटबल टुर्नामेण्टको सुरुआत भयो। आजदेखि सुरु भएको उक्त फुटबल खेलामा मोठ 17 वटा दलहरुले भाग लिएको छ जसमा भुटान, नेपाल, चेन्नाइ, जलपाइ गडी , सिक्किम , दार्जीलिंग आदिका दलहरु सामेल रहेका छ्न । आज देखि सुरु भएको उक्त खेलको प्रथम दिन दुइवटा खेल सम्पन्न भयो। पहिलो खेलमा नाम्ची भेटरेनको भीडनत दार्जीलिंग भेटरेन कल्बमाझ भएको थियो भने दोस्रो खेलमा जोंग्री गानतोक बनाम जलपाइगडी माझ सम्पन्न भयो । पहिलो खेलको अवसरमा कालेबुंगका एक्ज्युकेटिभ मेजिस्ट्रेट डी भोटिया उपस्थित रहेका थिए भने दोस्रो खेलको मुख्य अतिथि सिक्किमका पुर्व मंत्री टी लाचुंगपा उपस्थित रहेका थिए। यसरी नै बिशिष्ट अतिथिका रुपमा रिनजी भोटिया, निमा तामंग, काजीम छिरिंग भोटिया, बन्दना योनजन आदि उपस्थित रहेका थिए। यसका साथै बिगतका पुराना खेलाडीहरुको पनि यस अवसरमा ब्यापक उपस्थिति रहेको थियो।
मेला ग्राउण्डमा आज खेलिएको प्रथम फूटबल खेलमा नाम्ची अनि दार्जीलिंगका खेलाडीहरुले खुबै आकर्षक खेल प्रदर्शन गरेर मानिसहरुलाइ भरपुर खेलको आनन्द दिलाए। दुवै दलका खेलाडीहरुले खेलको सुरुदेखिनै बिपक्षि दलमाथि आक्रमण गर्दै एकाधिक गोल गर्ने प्रयासहरु गरे पनि निर्धारित समयसम्म पनि कुनै गोल गर्न सकेनन। खेलको सुरुआत देखिनै दुवै दलका खेलाडीहरुले गोल गर्ने प्रयास गरे पनि दुवै दलका खेलाडीहरुले एकाधिक मौका गुमाए पछि खेल सकिन्दा पनि गोल बिहिन रहेको थियो। यसरी निर्धारित समसम्म कुनै गोल नभएपछि अनतमा खेलको नियम अनुरुप पेनल्टि सुटआउट खेलाइएको थियो जसमा दार्जीलिंग भेटरेन क्लबले नाम्चीलाइ शुन्यको बिरुद्ध एक गोल गरेर बिजय हासील गर्न सफल बन्यो। यसरीनै दोस्रो खेल जोंग्री भेटरेन क्लब गानतोक बनाम जलपाइगडी भेटरेन क्लब माझ सम्पन्न भयो। यस खेलमा पनि दुवै दलका खेलाडीहरुले खुबै राम्रो खेल प्रदर्शन गरेर मानिसहरुलाइ भरपुर मनोरंजन दिए। उक्त खेलमा जोंग्रीले जलपाइगडीलाइ 2 गोलको बिरुद्ध 3 गोल गरेर जीत हासिल गरे.।
Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.