मंग्पू /१९ नोबेम्बर /केशर मोक्तान - भारतको राष्ट्रपति द्वारा अनुमोदित नि:शुल्क एवं अनिवार्य शिक्षाको ऐन सर्वत्र भारतभरि लागु हुनसाथ यसले गति लिन थालेको छ | ६ वर्षदेखि १४ वर्ष सम्मका शिशुहरु शिक्षाको अधिकारबाट बन्चित नहोस् भन्ने यो अनिवार्य शिक्षा ऐनको मूल उदेश्य हो भने पाठशालाको पूर्वाधारहरु तयार गरेर शिक्षा प्राप्तिको निम्ति सठीक वातावरण तयार पार्नु पनि यसको अर्को उदेश्य हो | यसको निम्ति जनसहभागिता र जनचेतना आवश्यकीय तत्व रहेकोले सर्वशिक्षा मिशन एवं क्षेत्र कार्यलय मंग्पूको प्रयाशमा रविन्द्र भवनमा जनचेतना संगोष्ठी सम्पन्न भयो | विभिन्न प्राथमिक पाठशाला , उच्च माध्यमिक पाठशाला ,उच्चतर विधालय लगायत शिशु शिक्षा केन्द्र र माध्यमिक शिक्षा केन्द्रका शिक्षक - शिक्षिकाहरुको सहभागितामा सम्पन्न भएको यस कार्यक्रममा आईसीडीएसका महिला कर्मचारीहरुको बिशेष उपस्थिति रह्यो |
जिल्ला स्रोत व्यक्ति सागर ठकुरी र जोह्नी तामांगले संचालन गरेको कार्यक्रममा सुरेन्द्र थिंग , प्रकाश बोम्जन , गीता भारतीले कार्यपत्र पेश गरे | यसरी नै राज्य स्तरका स्रोत व्यक्ति देवमणी प्रधान र किशोर शर्माले अनिवार्य शिक्षाको ऐनमाथि प्रकाश परे | बालिका गोले , ए आई ले अध्यक्षता गरेको कार्यक्रममा अनिवार्ण मित्र ,एस आईको पनि उपस्थिति रह्यो | आजको यो भेलालाई स्वागत जनाए सरस्वती लामिछानेले साथै धन्यबाद ज्ञापन शितल शर्माबाट भयो | मंग्पू क्षेत्र अन्तर्गत आगमी २२ नोबेम्बरमा लाठ पन्चर सार्वजनिक भवनमा दोश्रो चरणको जनसहभागिता संगोष्ठी हुने भएकोले सबैलाई सर्व शिक्षा मिशन र क्षेत्र कार्यलय मंग्पूले स्वागत जनाएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?