स्वतन्त्र भारतको प्रथम शिक्षा मन्त्री मौलाना अबुल कलाम आजादको जन्म तिथिको पुनित अवसरमा राष्ट्रिय शिक्षा दिवशको उपलक्ष्यमा सरस्वती उच्चतर
माध्यमिक विधालय मंग्पूमा विधालयको प्रधान अध्यापक एन० बी० छेत्रीको अध्यक्षतामा एक कार्यक्रम आयोजना भयो | राष्ट्रिय शिक्षा दिवशको यो पवन
अवसरमा विधालयका सातौं र आठौँ श्रेणीका पन्द्र जना छात्र र सात जना छात्रा गरि जम्मा बाइस जना विधार्थीहरुले राष्ट्रिय शिक्षा दिवश शिर्षकमा अंग्रेजी
निबन्ध लेखन प्रतियोगिता पनि आयोजना गरियो | यस कार्यक्रममा राष्ट्रिय शिक्षा दिवशको महत्व बारे शिक्षक कुमार छेत्रीले छोटो वार्ता प्रस्तुत गरे भने
सम्पूर्ण विधार्थीवर्ग , सह शिक्षकवर्ग, कर्मचारीहरुको उपस्थितिले कार्यक्रम रोचक तथा ज्ञानवर्धक रहेको थियो | यस अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा
प्रथम अंक स्वराज गुरुङ आठौँ श्रेणी, दोश्रो अंक विश्वजीत शर्मा सातौं श्रेणी अनि तेश्रो अंक मार्सांग ल्हामु शेर्पा सातौं श्रेणी बी ले प्राप्त गरे | ती विजयी
प्रतियोगीहरुलाई सरस्वती उच्चतर( कन्या) माध्यमिक विधालयका प्रभारी शिक्षिका चन्द्रकला राई, पी च्याटर्जी अनि देवमित लेप्चा सह शिक्षिकाको बाहुलीबाट
पारितोषिक एवम प्रमाण पत्र प्रदान गरि कार्यक्रम समाप्त भएको सांस्कृतिक उप- समितिका सभापति विशोर कार्कीले एक विज्ञाप्ति मार्फत जानकारी गराएको छ |
सरस्वती उच्चतर माध्यमिक विध्यालय द्वारा राष्ट्रिय शिक्षा दिवश पालन
11Nov2011
Post a Comment