मंग्पू विभागीय गुम्बा उद्घाटन २२/२३/२४ दिसम्बर२०११मा हुने

मानिस भौतिक सुखले मात्र कहिले बस्न सक्दैनन् , मनको भारी बिसाउन भनौ या त इश्वर सामु आफ्नो दुखेसो पोख्न मानिसलाई मन्दीर,गुम्बा, मस्जिद र चर्चहरुको आवश्यकता पर्ने गर्छ | वास्तवमा आध्यात्मिक सुखलाई नै परम सुख मानिन्छ |
आज मंग्पू चौरस्ता मास्तिर नव निर्मित सार्वजनिक गुम्बा सम्पूर्ण मंग्पूबासीको व्यवहारिक कर्म , योगदानको नमुना हो | सोही गुम्बाको उद्घाटन समारोह कार्यक्रम विषय लिएर वरिष्ट नागरिक के० बी० योन्जनको सभापतित्वमा उक्त गुम्बा प्रांगणमा एउटा जरुरी सभा बस्यो | सी० के० तामांगले संचालन गरेको सभामा उद्घाटन समारोहको विविध विषयहरुमा वक्ताहरु शंखपाल थापा, विजय तामांग, बुद्ध कुमार थापा, यु० सी० योन्जन, बी० बी० छेत्री , पेमा लामा, के० एम० राई, प्रेम तामांग अनि सोम माया राइनी आदिले सान्दर्भिक कुराहरुमा चर्चा गरे | सभाले गुम्बाको उद्घाटन २२/२३/२४ दिसम्बर२०११ को दिन हुने निर्णय लियो | यस पुनित कार्यक्रम सुके पोखरी निवासी लोप्सांग ग्यामछो तथा रिपोछेका बाहुलीबाट उद्घाटन हुने निश्चित भएको छ  भने उक्त पुनित अवसरमा बौद्ध धर्म पोस्तक दान स्वरुप अर्पण गर्ने जानकारी छ | सभामा सम्पूर्ण मंग्पू विभागका समाजहरुलाई सहयोगको निम्ति प्रार्थना पत्र सहित सहयोगको अपेक्षा बारे पनि चर्चा गरियो |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.