डी के वाइबा; कालेबुंग 28 नोभेम्बेर :
भारतीय गोर्खा परीसंघ (भागोप) छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन दालीय एकाता जुटाउन सफल भएपछि सहमति जुटेका दलहरुको प्रतिनिधि लिएर राष्ट्रिय स्तरमा आन्दोलनलाई अघि बडाउँने तर्खरमा लागेको छ। सोहि बिषयमा आज यहाँको दिशा भवनमा सर्वद्लीय बैठक सम्पन्न भयो। उक्त बैठकमा क्रामाकपा, अभागोली, गोरानिमो अनि गोरामुमो (सी) का प्रतिनिधिहरुले भाग लिएका थिए। गत केहिदिन अघि भागोपको पहालमा सर्वदलिय बैठक भएर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन गोर्खाल्य़ाण्ड टास्क फोर्स गठन गर्ने सहमति जुटेको थियो। सोहि बैठकको सहमति अनुरुप आज पुन: सर्वद्लिय बैठक बसेको थियो। आजको सर्व दलिय बैठकमा आएका दलहरुले गोर्खाल्याण्ड टास्क फोर्सको निम्ति पार्टीको प्रतिनिधिहरुको नामपनि भागोपलाई सुम्पेको छ। छुट्टै राज्य गोर्खाल्य़ाण्ड गठनको निम्ति भागोपले दलीय एकता जुटाए पछि अब यसैको निगारानीमा गठन भएको गोर्खाल्याण्ड टास्क फोर्सले राष्ट्रीय स्तरमा गोर्खाल्याण्डको मुद्दलाई अघि बडाउँने भएको छ। आज बसेको बैठकमा पनि सबै दलहरुले सोहि निष्कर्ष निकाले पछि अब आगामी 8 दिसम्बरको दिन दिल्लीमा भागोपको बैठक बसेर यबारे घोषणा गर्ने भएको छ। भागोपको गोर्खाल्याण्ड टास्क फोर्सले छुट्टै राज्य गोखाल्याण्डको आन्दोलनलाई तातै खाऊँ जलि मरौँ भन्ने तरिकाले नगरेर ढिलै होस तर छोरा नै होस भान्ने रणनीति अप्नाउने भएको छ। भागोपको केन्द्रिय समितिलए आगामी 8 दिसम्बरको दिन दिल्लीबाट गोर्खाल्याण्ड टास्क फोर्सको औपचारिक घोषणा गर्नुको साथै वाई गोर्खाल्याण्ड ? पुस्तक पनि बिमोचन गर्ने भएको छ। बिगतमा अन्य राजनैतिक दलहरुले पनि वाई गोर्खाल्याण्ड नामक पुस्तक प्रकासन गरे पनि ति पुस्तकहरुमा छुटिएको अनि गल्ती भएको कुराहरुलाई लिएर भागोपले उक्त पुस्तक त्यार पारेको रेभरेन डा एनोस दास प्रधानले बताए। तिनले उक्त पुस्तक सबै राजनैतिक दलहरुलाई राष्ट्रिय स्तरमा बितरण गरेर गोर्खाल्य़ाण्डको औचित्यबारे अवगत गराउँने पनि जनाए। भागोपको पहलमा गठन भएको गोर्खाल्याण्ड टास्क फोर्सले गोर्खाल्याण्डको आन्दोलनलाई एकै चोटि तीन स्तमा शुरु गर्ने भएको छ। अब हुने आन्दोलन क्षेत्रीय स्तरमा मात्र सिमित नरहेर दिल्लीमुखि गर्नको निम्ति बिशेष जोड दिइने छ। यसका साथै अबको आन्दोलन सडक, संसद अनि बौद्धिक हुने पनि डा प्रधानले बताए। क्षेत्रिय स्तमा गर्नु पर्ने आन्दोलनहरुलाई गोर्खाल्याण्डा टास्क फोर्समा सामेल भएका दलहरुले गर्ने छन भने राष्ट्रिय स्तरमा भागोपले पहल गर्ने पनि तिनले बताउँदै भागोपको साखाहरु भारतको 22 वटा राज्यहरुमा भएको कारण अबको गोर्खाल्याण्डको आन्दोलन पनि एकै चोटि 22 वटा राज्यहरुबाट नै थालिने पनि भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष रेभरेन डा एनोस दास प्रधानले बताए। आज गठन भएको गोर्खाल्याण्ड टास्क फोर्समा बिभिन्न दलहरुले पर्टीको प्रतिनिधिहरुको नाम दिए तापनि उक्त नामहरु पनि 8 दिसम्बरको दिन सार्वजनिक गरिने पनि तिनले बताए। आजको बैठकमा क्रामाकपा बाट सचिव तारा मणी राई, गोर्खालीगका लक्षमण प्रधान, गोरानिमो प्रमुख दावा पाख्रीन अनि गोरामुमो(सी) का कर्णल डी के प्रधान उपस्थित रहेका थिए भने भागोपका कार्यकारी अध्यक्ष रेभरेन एनोसदास प्रधान, गोर्खाल्याण्ड टास्क फोर्सका राष्ट्रिय अध्यक्ष आर मोक्तान आदिको उपस्थिति रहेको थियो।
Post a Comment
We love to hear from you! What's on your mind?