कार्यक्रमको मुख्य अतिथि कालेबुंगका विधायक डा० हर्क बहादुर छेत्रीले सम्बोधन गर्दै कालेबुंग रत्न पुरस्कारले सम्मानित बबिता घतानी धिमालालाई बधाई दिए | तिनले कालेबुंग प्रेस क्लबको सरहना गर्दै दार्जीलिंग पहाडमा अहिले घरि कालेबुंग क्षेत्रमा पत्रकारको फाटिलो माहोल रहेको बताए | तिनले पत्रकारहरुले आलोचना गर्दा कतिपय मानिसहरुलाई अवश्यै नराम्रो लाग्ने बताउँदै सही कुरा लेख्दा यस्तो हुने बताए | विगतका दिनहरुमा आफू पनि पत्रकार हुँदा निर्भिकता पूर्वक लेखेको बताउँदै यस दिशामा निर्भिकता हुनु पर्ने बताए | आज कतिपय परिस्थितिमा पत्रकारहरुले आलोचना गर्दा आफुलाई पनि नराम्रो लाग्ने गरेको बताउँदै राजनीतिमा पसेपछि यसो हुनु स्वाभाविक रहेको पनि स्वीकार गरे | तिनले बिगतमा आफुले पत्रकारिता गरेको अनुभवहरु बाडदै त्यस समयको अध्यनले आज आफुलाई व्यापक फाइदा भएको बताउँदै पत्रकारहरुले गहन अध्यान गर्नु पर्ने पनि बताए |
आजको कार्यक्रममा क्लबका सचिव अरुण कुमार राइले क्लबको १३ वर्षे यात्राक्रमको विवरण दिए भने संजय विष्टले स्वागत सम्बोधन राखे | कार्यक्रमको संचालन सिताराम काफ्लेले गरेका थिए |
कालेबुंग प्रेस क्लबको १३ औ स्थापना दिवस तथा चौथो कालेबुंग रत्न पुरस्कार प्रदान समारोह
कालेबुंग/डी० के० वाइबा - कालेबुंग प्रेस क्लबको १३ औ स्थापना दिवस तथा चौथो कालेबुंग रत्न पुरस्कार प्रदान समारोह आज यहाँको रामकृष्ण रंगमन्चमा भव्य साथ पालन गरियो | क्लब कै अध्यक्ष अरुण रसाइलीले अध्यक्षता गरेको उक्त कार्यक्रममा मुख्य अतिथिका रुपमा कालेबुंगका विधायक डा० हर्क बहादुर छेत्री उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रुपमा शिक्षाविद पी० आर० प्रधान उपस्थित रहेका थिए | यसका साथै रेभरेन डा० एनोस दास प्रधान , सिनियर पत्रकार अरुण कुमार, जे० बी० राई , तारा सुन्दास, तपन कुमार प्रधान, विष्णु छेत्री आदिको पनि उपस्थिति रहेको थियो | यस अवसरमा बिगत २००८ देखि शुरु गरिएको चौथो कालेबुंग रत्न पुरस्कारले बबिता घतानी धमलालाई सम्मानित गरियो | कालेबुंग प्रेस क्लबले संन् २००८ देखि विभिन्न क्षेत्रहरुमा समाजको निम्ति योगदान पुराउने मानिसहरुलाई कालेबुंग रत्न पुरस्कारले सम्मान गर्ने कार्य गर्दै आइरहेको छ | पहिलो कालेबुंग रत्न पुरस्कारले तीन जना व्यक्तिहरु क्रमैले पर्वतारोही मनोज दाहाल , भारतका हकी खेलाडी भारत छेत्री अनि वागवानी विशेषज्ञ डा० मिकथुक फोनिंगलाई सम्मान जनाइएको थियो | यसरी नै दोश्रो कालेबुंग रत्न पुरस्कारले नाट्यकलाकार , लेखक तथा नेपाली चलचित्र जगतमा योगदान पुराउने ललित गोलेलाई सम्मानित गरिएको थियो भने तेश्रो कालेबुंग रत्न पुरस्कार समाज सेवक सुदेश प्रधानलाई गरिएको थियो | प्रत्येक वर्ष क्लबको स्थापना दिवसको दिन प्रदान गरिने उक्त पुरस्कारले यस वर्ष व्यवसाय साथ साथै अन्य मानिसहरुलाई पनि स्वरोजगार बन्न महत्वपूर्ण योगदान दिने बबिता घतानी धमलालाई पुरस्कृत गरेर सम्मान जनाइयो | कार्यक्रमका मुख्य अतिथि डा० हर्क बहादुर छेत्रीको बाहुलीबाट अंगवस्त्र , स्मृति चिन्ह अनि स्मृति पत्र प्रदान गरेर समाजमा दिएको योगदानको मुल्यांकन गर्दै पुरस्कृत गरियो | यस अवसरमा बबिता घतानी धमलाले गहभरि आँशु खसाल्दै आफुले यस्तो सम्मान पाउँदा अत्यन्तै खुशी व्यक्त गरे | तिनले कालेबुंग प्रेस क्लब प्रति कृतज्ञता प्रकट गर्दै मानिसहरु स्वरोजगार बन्नको निम्ति समाजलाई नै चुनौती दिदै कार्य गर्नु पर्ने बताईन | आफुले पनि आज भन्दा १७ वर्ष अघि पुरुष प्रधान समाजमा सिलाइ मेशिनको व्यवसय शुरु गर्दा अनेकौ लान्छना आएको बताउँदै तर आज यसै व्यवसायबाट लगभग ५० भन्दा अधिक नारीहरुलाई रोजगारको अवसर समेत दिन पाउँदा खुशी रहेको बताइन | यस अवसरमा समाजमुखी पत्रकारिता गर्दै समाजको सेवा समेत गर्दै आइरहेको दैनन्दिनीका भिडियो पत्रकार तथा तकनिकी सम्पादक मनोज राईलाई " एक्सिलेन्सी इन जर्नालिज्म " पुरस्कारले सम्मानित गरियो | तिनलाई विशिष्ट अतिथि एवम सिनियर पत्रकार अरुण कुमारको बाहुलीबाट स्मृति चिन्ह र स्मृति पत्र प्रदान गरियो | कार्यक्रममा एस० यु० एम० आई० बिधालयलाई १२५ औ वर्ष पुरा गरेको अवसरमा सम्मान जनाइयो भने तर्दलस प्रिपेटरी स्कूलका संस्थापक निर्देशिका स्व ललिता प्रदानलाई पनि मरोप्रान्त पुरस्कारले सम्मानित गरियो | यस अवसरमा सिनियर पत्रकार अरुण कुमारले पत्रकारिता विषयमा आफ्नो वार्ता पेश गरे | सं २००४ मा मानव तस्करीहरुको फन्दामा परेका " दामु ' लाई पुनेबाट उद्धार गरेको घटना सुनाउदै वर्तमान समयमा समाजमा पत्रकारहरुको कस्तो भूमिका हुनपर्छ भन्ने विषयमा अव्गात गराए | पयसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाविद पी० आर० प्रधानले विगतका दिनहरुमा पत्रकारहरुमाथि हुने दबाव अब हुन नहुने बताउँदै सभ्य समाजको निर्माणमा पत्रकार हरुको भूमिका महत्वपूर्ण रहेको बताए | प्रधानले यल्लो जर्नालिज्म बारे बोल्दै पत्रकारहरुले प्रत्येक कुरालाई पहेलो आँखाले नहेर्ने पर्ने अनि वास्तविकता निर्भिकता साथ लेख्नु पर्ने बताए |
Post a Comment
We love to hear from you! What's on your mind?