डी के वाइबा, कालेबुङ २२ नोभेम्बर: उत्तर प्रदेशलाई चारवटा राज्यहारुमा बिभाजन गर्ने प्रस्ताव पारित भएपछि दार्जीलिङ पहाडमा पनि राजनैतिक वातावरण तातिने सम्भावना देखा परेको छ। गोजमुमो पार्टी प्रमुख बिमल गुरुङगले अहिले मोर्चाको ध्यान जीटीए गठनमा नै रहेको बताएता पनि अन्य राजनैतिक दलहरु भने यसपल्ट बिगतका ईतिहास दोहोरिन नदिने पक्षमा रहेको छ। बिगतमा तीनवटा राज्यहरु गठन हुँदा पहाडका स्वघोषित मुकुट बिहिन राजा गोरामुमो प्रमुख सुवास घिसिङ सावन महिना बार्दानै ठिक्क थिए। त्यस समय छुट्टै राज्य गोर्खाल्याणडको कुरा नगरि बस्दा गोर्खाहरु छुट्टै राज्य गोर्खाल्याण्ड पाउँनबाट बञ्चित बनेका थिए। तर यसपल्ट भने यस्तो गलत इतिहास दोहोराएर गोर्खाहरु ठगिन चाहेका छैनन् भन्दै पहाडका बिपक्षी दलहरुले प्रतिक्रिया गर्न थालेको छ। यसै क्रममा क्रामाकपाले उत्तर प्रदेशका मुख्य मन्त्री मायावतिको निर्णय स्वागत योग्य रहेको बताएको छ। क्रामाकपा कालेबुङ जोनल कमिटिका प्रवक्ता मोहन पौड्यालले आज पत्रकारहरुलाई सम्बोधन गर्दै सन २०००मा तीनवटा राज्यहरु क्रमैले उत्तर खण्ड, झारखण्ड र छत्तिसगढ गठन हुँदा तत्कालीन पहाका नेता सुवास घिसिङले मौनता साँचेको कारण गोर्खाहरु ठगिएको बताँदै यसपल्ट भने यस्तो ठगिने कार्य हुनु हुँदैन भनि बताए। यसपल्ट मायावतीले छुट्टै राज्य गठनको निम्ति जुन प्रकारले माहोल तयार पारिदिएको छ यो वातावरण छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति पनि लाभदायक रहेको तिनले जानए। यसपल्ट कुनै पनि हालतमा यस मौकालाई नचुकाउदँन सबै गोर्खाहरु एक हुनपर्ने पनि तिनले आह्वन गरे। तिनले अब उत्तर प्रदेशलाई चारवटा राज्यहरुमा बिभाजन हुनमा भारतको कुनै पनि शक्तिले रोक्न नसक्ने दाबी गर्दै राज्यको बिधानसभामा पारित भएको बील कुनै पनि समय कार्यन्वय हुने पनि बताएका छन्। क्रामाकपाले हाल छुट्टै राज्य गठनको औचित्यबारे राष्ट्रीय व्यापि जागरुक अभियान सुरु गरिसकेको बताउँदै यसपल्ट गोर्खाहरु स सानो सुबिधा र बिकासको मुद्दाहरुमा लागेर मुल मुद्दालाई बिर्सने कार्य गर्न नहुने पनि तिनले जनाए। तिनले कसैको नाम नलिइकन अहिले कतिपय मानिसहरुले चौकि र पैसाको लोभमा राल काटिरहेको बताउँदै यो समय चौकि र पैसाको लोभ गर्ने होइन अनि यस्तो प्रवृति मानिसहरु त्याग्नु पर्छ भनि मोहन पौड्यालले बताएका छन्। तिनले गोजमुमो प्रमुख बिमल गुरुङले हाल मोर्चाको ध्यान जीटीए गठनमा केन्द्रित रहेको कुरामा पनि प्रतिक्रिया ब्यक्त गरेको छ। पौड्यालले गुरुङको उक्त भनाईप्रति प्रतिक्रिया व्यक्त गर्दै यो समय जीटीए होइन तर गोर्खाल्याण्ड गठनको निम्ति अघि बड्ने समय रहेको बताए। भारतमा कुनै पनि राज्य गठन हुनलाई कहि बैक्लपिक ब्यवस्थाको आवश्यक्ता नपरेको र पहाडमा राज्य गठन गर्न अघि मात्र किन यस्तो बिकल्पको कुराहरु गरिन्छ भन्दै वास्तवमा यो जनतालई थकाउने केन्द्र र राज्य सरकारको षडयन्त्र रहेको पनि तिनले जनाए । यसैक्रममा उत्तर प्रदेशलाई चारवटा राज्यहरुमा बिभाजन गर्ने मुख्य मन्त्री मायावतिको कार्यलाई भारतिय गोर्खा परिसंघले पनि स्वागत जनाएको छ। भागोपका राष्ट्रीय कार्यकारी अध्यक्ष रेभरेन डा एनोसदास प्रधानले आज पत्रकारहरु संग कुराकानी गर्दै मायावतीको उक्त कार्य खुबै प्रशंसनिय रहेको बताए। यस कार्यले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति पनि ठूलो उर्जा प्राप्त भएको बताएका छन। जब जब छुट्टै राज्य गोर्खाल्याणडको आन्दोलन सेलाउँदै जान्छ तब तब यसरी राजनैतिक वातावरणमा परिवर्तन आएर गोर्खाल्याण्डको आन्दोलनलाई गति दिने कार्य भइरहेको पनि प्रधानले जनाए। दार्जीलिङ पहाडमा जीटीए गठन गरेर छुट्टै राज्यको आन्दोलनलाई दबाउँने ममता ब्यानर्जीले अप्नाएको फर्मुला अनि अन्य राज्यको दाबी गर्ने दलहरुलाई पनि जीटीए जस्तै वयवसथा चलाऊ भनेर अप्नाएको चाल पनि मायावतीको कार्यले फेल भएको अनि स साना राज्य गठनको मार्ग खुलिदिएको पनि तिनले जनाए। यसै क्रममा पिपल्स फोरमले पनि मूक्य मन्त्री मायावतीको कार्य प्रति सराहना गर्दै यसले छुट्टै राज्य गोर्खाल्याणडको आन्दोलनलाई पनि गतिशिलता दिनगे कर्य गरेको बताए। गुरुङले भारतमा एउटा राज्यलाई टुक्राएर चारवटा राज्यहरु गठन गरिन सक्दा गोर्खाल्याण्ड पनि गठन हुन सक्छ भन्दै अब बंगालका मुख्य मन्त्री ममता ब्यानर्जीले पनि राज्य बिधानसभामा छुट्टै राज्य गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर केन्द्र सरकारलाई पठाउँनु पर्ने माग गरेका छन्। तिनले अब सबैले गोर्खाल्याण्डको अन्दोलनलाई एकबद्ध भएर अघि बडाउँनु पर्ने पनि आह्वान गर्दै यसपल्ट ठगिए गोर्खाल्याण्ड गठनको सपना पुरा हुन नसक्ने पनि बताए।
Post a Comment
We love to hear from you! What's on your mind?