मंग्पूमा सुन्तला पाक्न शुरु-बजार भाउ राम्रो रहेकोले कृषकवर्ग खुशी

मंग्पू/केशर मोक्तान: मंग्पूमा सिन्कोना उद्योग संग संगै स्थानीय कृषकदाजुभाईहरुलेसुन्तला,अदुवा,कुच्चो,
र अलैंची खेती गरि वर्षेनी लाखौ रुपियाको उप्जनी गरेर जीविका चलाउने गर्छन| अदुवाको  बिक्री संग संगै मंग्पूमा सुन्तलाको व्यापार पनि शुरु भएको छ | मंग्पू वरिपरी जस्तै लाब्दा बस्ति,सिम्ले,रिबोंग,लाब्दा विभाग,चालिस धुरा अन्य ठाउँहरुमा सुन्तला पाक्न अथवा रंग चड्न शुरु भएको छ | यस वर्ष अदुवाको दर प्रति किलो ६ रुपियाँ मात्र रहेकोले स्थानीय कृषकहरुमा  निराशा छाएको थियो भने सुन्तला किन्ने व्यापारीवर्गले बोटको हरियो सुन्तला प्रति २ रुपियाँ गरेर दाम लगाउन शुरु गरिएको थाहा लागेको छ | यसैकारण पनि गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको दाम धेरै पाउँन सक्ने सम्भावना रहेको छ |  सुन्तलाको मूल्य राम्रो नै भएतापनि प्रतिवर्ष सुन्तलाको उत्पादन भने घट्दै गैरहेको कृषकहरु बताउछन | सुन्तलालाई पहेलो भएर झर्ने रोग अनि ज्यादातर किरा लाग्ने रोगले सताएको कारण नै प्रति वर्ष सुन्तलाको बोट मर्ने गरेको अनि सुन्तला उत्पादन घट्दै गएको जान्नमा आएको छ | केन्द्र अनि राज्य सरकारबाट कृषकहरुलाई सुन्तला उपार्जन गर्ने विषयमा थुप्रै प्रशिक्षा शिवीरहरु आएतापनि यस भेकका कृषकहरुलाई भने सरकारबाट कुनै प्रकारको सहुलियतहरु प्राप्त नभएको गुनासो गर्छन् कृषकहरु | तथापी कृषकहरुले आफ्नै बल बुतामा टेलिभिजन तथा पत्र पत्रिकामा सुन्तला खेती तालिम विषयमा अध्यान गरेर हाल सम्म आफ्नै हातले स्यारेर वर्षेनी लाखौ रुपियाँ बराबरको  सुन्तला उत्पादन गरेर बजारमा बिक्री गरिरहेको बताउँछन् | यधपी अदुवा, सुन्तला, अलैची र अन्य खेतीपाती विषयमा सरकार पक्षबाट तालिम दिए यहाँका स्थानीय कृषकहरु यस्ता तालिम लिन राजी रहेको बताउँछन् | भर्खरै मात्र बोटमा सुन्तलाको रंग चड्न  शुरु भएतापनि हालमा सुन्तलाको दरभाव राम्रो रहेकोले ब्यापारीवर्गले यस क्षेत्रमा प्राय जसो ठाउँहरुबाट  सुन्तला टिपाई शुरु गरेर  बिक्रीको निम्ति गाडीमा हालेर सिलिगुडी लैजान शुरु गरेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.