सरस्वती उच्चतर माध्यमिक विधालयमा तर्क प्रतियोगिता सम्पन्न

मंग्पू सरस्वती उच्चतर माध्यमिक विधालयमा विधालयका सह शिक्षक पी० योगीको अध्यक्षतामा चारवटा दल माझ तर्क प्रतियोगिता सम्पन्न भयो| " विधालयमा शिक्षाको माध्यम मातृ भाषामा हुनपर्छ/पर्दैन"  - भन्ने शिर्षक माथि चारवटा रातो, निलो, हरियो र पहेलो दलका विधार्थीहरु माझ सम्पन्न भएको तर्क प्रतियोगितामा हरियो दलले हुनपर्छ भन्ने विषयमा सर्वश्रेष्ट अंक लिएर प्रथम स्थान ओगट्न सफल रह्यो | हरियो दलबाट अधिक अंक हासिल गरेर विनिता छेत्री श्रेष्ठ तार्किक बन्न सफल रहिन | तर्क प्रतियोगिताको निर्णायकको भार दिलिप शर्मा, श्याम सिन्गौरे,मुनाल घिसिंग,दुष्यन्त रामुदामु अनि सपना खड्काले लिएका थिए | यसैदिन चारवटा दलका  विध्यार्थीहरु माझ कुइज कन्टेस्ट पनि विधालय परिसरमा कुइज मास्टर कुमार छेत्रीको नेतृत्वमा सम्पन्न भयो जसमा निलो दल पहिलो अनि पहेलो दल दोश्रो स्थान हत्याउन सफल बन्यो भने बेस्ट कुइज्र शालमा थापालाई चयन गरियो| उक्त क्युज कन्टेस्टमा पोइन्ट रिकर्डर दिलिप शर्मा रहेका थिए| कार्यक्रमको अन्त्यमा सभाद्यक्ष पी० योगीले गतवर्षको तुलनामा यस वर्ष खुबै रोचक ढंगले तर्क प्रस्तुत गरेको मन्तब्य राखे भन्ने जानकारी विधालयका शिक्षक दिपक भारतीले दिएका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.