Darjeeling district magistrate visits mungpoo Rabindra museum

वर्तमान मंग्पूको गरिमा दिन प्रतिदिन बढदै गइरहेको छ भने अर्कोतिर समस्याहरु पनि कम छैन | मंग्पू  रविन्द्र संग्राहलय तथा यसका विविध परिस्थितिहरु निरिक्षण गर्न दार्जीलिंग जिल्ला अधिकारी (डी० एम०) मंग्पू  अचानक आइपुगेका थिए भने यस यात्रामा उनले रविन्द्र संग्राहलयको सम्पूर्ण जानकारी लिए अनि संग्राहलयका विविध समस्या समाधानार्थ सम्पूर्ण स्थितिहरुको पनि जानकारी लिए |संग्राहलयको निरिक्षण गरे पश्चात सोझै निर्देशक सिन्कोना एवम अन्य औषधीय पौधा सरकारी कुइलेन बगान कार्यलय पुगे जहाँ दार्जीलिंग तराइ डुवर्स प्लान्टेसन लेबर युनियन सिन्कोना जोन सचिव गगन राई , मंग्पूका दार्जीलिंग तराइ डुवर्स प्लान्टेसन लेबर युनियन प्रतिनिधिगण , खर्सांग महकुमा सह सचिव प्रदीप छेत्री अनि रतन लामा सचिव मंग्पू  जोन गोजमुमो , अन्य अन्या शाखाका पार्टी प्रतिनिधिहरुको टोलीले डीएम लाई भेट गरि स्थायी भारप्राप्त निर्देशकको माग राख्दै ज्ञापन चडाए | उक्त उक्त माग पत्रको प्रतिलिपि केही दिन अघि पश्चिम बंगाल मुख्य मन्त्रीलाई स्पिड पोस्टबाट चडाई सकेको जानकारी सिन्कोना जोन केन्द्रिय समिति सचिव गगन राईले दिएका छन् | ज्ञापनमा सम्पूर्ण मजदुरवर्ग, कर्मचारीवर्ग, अधिकारीवर्ग सिन्कोना सम्बन्धित सरोकार राख्ने स्थायी अधिकारीलाई निर्देशकको रुपमा नियुक्ति गरिनुपर्छ भनी जनाईएको छ | निर्देशक कार्यलयको भ्रमण पश्चात डीएम सोझै फेरि मंग्पू  सुरेल बंगलो परिसर तथा सुरेल बंगलोको ऐतिहासिक अनि वर्तमान स्थितिको सम्पूर्ण विवरण लिए | अन्तमा सबै स्थानहरुको भ्रमण गरे पश्चात डीएम दार्जीलिंग प्रस्थान भए | रविन्द्र संग्राहलयको भ्रमणमा तक्दाह खण्ड विकाश अधिकारी एस्तर लेप्चा पनि उपस्थित थिए |
Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.