तक्दाह २९ नोभेम्बर - गोर्खाल्याण्ड प्राप्तिको निम्ति दिलो ज्यान दिने क्रम जारी राख्दा राख्दै जीटीएको नीम्ति गोजमुमो केन्द्रिय समितिले अघि बढाएको अभियान भित्र युवा मोर्चाको सक्रियता छर्लंग गराउने प्रयाशमा केन्द्रिय समितिको आदर्शलाई तक्दाह - टिस्टाभेल्ली समष्टि अन्तर्गत गोर्खा जनमुक्ति युवा मोर्चाले सहर्ष समर्थन गरेका छन्
तमाम युवाहरुको भविष्य निर्धारण गरिदिने पक्षमा केन्द्रिय समितिका बुजुर्गहरुले केही सोचिदिएका छन् भन्ने कुरोमा युवाहरु अझ सम्म आस्थावान रहेको कुरा बताउँदै तक्दाह - टिस्टाभेल्ली समष्टि महा सचिव दिपेन्द्र गिरीले भने समष्टि भित्रका २३ वटा शाखाका युवाहरुले केन्द्रिय समितिको आदेशलाई शिरोधार्य राखेका छन् | यसै सन्दर्भलाई जोडदै युवा मोर्चा अध्यक्ष राकेश सुब्बाले बताए - समष्टि संयोजकको मार्ग निर्देशमा युवा मोर्चाले कुनै पनि कार्य गर्न तयार रहेको छ | तथापी युवा वर्गले आफ्नो जोश - जाँगर अनि ताकतलाई सही ठाउँमा प्रयोग गरेर जाती , राष्ट्र अनि अस्मितालाई सदैव धब्बा नलाग्ने गरि कार्य गर्ने छौ भन्ने बाचा बन्धन गरेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?