साहित्य अकादमी पुरस्कार : साहित्यकरहरुको हिलो छेपाई शुरु ?कृति अयोग्य भन्ने विद्वानहरुले अयोग्य हुनुको कारण सार्वजनिक गर्नुपर्छ – नामदुंग

कालेबुंग 23 दिसम्बर : डी के वाइबा:नेपाली साहित्यले यस वर्ष साहित्य अकादमी पुरस्कार नपाउँने कुराले सबैलाई आश्चर्य चकित बनाईदिएको छ। यस निर्णयले सबैभन्दा ठुलो प्रश्नचिन्ह अकादमी पुरस्कार चयन समिति ,माथी खडा गरिदएको छ। पुरस्कार चयन समितिले कुनै पनि कृति पुरस्कार पाउँने योग्यको नरहेको तर्क अघि राखेर पुरस्कार कुनै पनि कृतिलाई नदिने घोषणा गरेको छ। यस कुराले नेपाली साहित्य जगतमा एउटा ईतिहास नै कायम गरेको छ कि बिगत 1975 देखि निरन्तर प्रदान गरिन्दै आएको पुरस्कारहरुको सूचीमा यस वर्ष शुन्य रहेको घटनाले। पुरस्कार पाउँने योग्यको कृति अंतिम निर्णय गर्ने ज्युरीको हातमा किन परेन जब कि नेपाली साहित्यमा यस्ता अनेकौँ कृतिहरु प्रकाशित हुँदै आईरहेका छन। पुरस्कार प्राप्त गर्ने कृतिहरु पहिले चयन समितिले चयन गरेको हुंछ अनि सोहि कृतिहरुमाथि ज्युरीले आफ्नो अंतिम निर्णय सुनाउँने गर्छ । तर यता नेपाली साहित्यको निम्ति चयन गरिएको 8 वटा पुस्तकहरु भने 3 सदस्य टोली रहेको ज्युरी मध्ये 2 जनाले कृति अयोग्य ठहराएर पुरस्कारनै नदिने घोषणा गरे। बहुमतले कुनै कृतिलाई पुरस्कार नदिने घोषणा गरेपछि नै अंतमा यसपाली नेपाली साहित्यले अकादमी पुरस्कार पाउँन सकेन। जानकारी अनुसार साहित्य अकादमी पुरस्कारको निम्ति साहित्य अकादमीले मान्यता प्राप्त साहित्यिक संस्थाहरुलाई पत्रचार गरेर कृतिहरुको माग गर्दछ। नेपाली साहित्य संस्थाहरु अकदमीले मान्यता दिएको केवल छ वटा मात्र रहेको थाह लागेको छ। ति संस्थाहरुले यसपाली पहिलो चरणमा 32 वटा कृतिहरु चयन गरेर पठाएका थिए जुन पुस्तकहरु दोस्रो चरणमा छाँटिएर 15 वटा पुगेको थियो। उक्त 15 वटा कृतिहरुलाई पनि चयन समितिले चयन गर्दा तेस्रो चरणमा 8 वटा पुगेको थाह लागेको छ। पछि अन्तमा ती 8 वटा पुस्तकहरुलाई तीन सदस्य टोलि रहेको ज्युरीले छनोट गरेर केवल एउटा चयन गर्नु पर्ने रहेको थियो। यस सम्बन्धमा ज्युरी सदस्यहरुको मत नमिल्दा कुनै पनि कृतिले साहित्य अकादमीले पुरस्कार नपाउँने भएको छ। यता ज्युरीका एक सद्स्य डा घनश्याम नेपालले पुरस्कारको निम्ति चयन गरिएको पुस्तकहरु अनुवाद गर्दा अनुवादकृतिको स्तरीयता अन्य भाषा साहित्यको दाँजोमा आउँन नसक्ने बताएका थिए। यस सम्बन्धमा डा जीवन नामदुंगले प्रतिक्रिया गर्दै यदि कुनै पनि कृतिले पुरस्कार पाएको भए त्यस कृतिको अनुवाद गर्दा अन्य भाषा साहित्यको दाँजोमा नेपाली भाषाको पनि सम्मान बडने थियो भनि जनाए। ज्युरीको यस निर्णयले त्यस स्तर सम्म पुगेका लेखकहरुलाई आघात पुगेको अनि यस निर्णयमा यदि कसै पनि असंतुष्टि भए सुचनाको अधिकार मारफत जानकारी मागन सक्ने जनाए। तिनले यस बिषयलाई लिएर यदि अकादमीका सदस्यहरु जागरुक भएर अकादमी माथि मुद्दा दर्ता गरे पुन: ज्युरी नयाँ बनाएर निर्णय लिन सकिने कुरा रहेको जनाए।       आखिर नेपाली साहित्यमा अकादमी पुरस्कार पाउँने योग्यको कृतिहरु चयन समितिले किन चयन गरेन ? यो अहिले गतिलो प्रश्न बनेको छ। प्राथमिक चरणमा अकादमीको मान्यता प्राप्त छवटा  संस्थाहरुले के कुनै यस्ता कृतिहरु पाएनन ? यस घटनाले अहिले नेपाली साहित्य जगतमा खलबली नै मचाई दिएको छ। मानिसहरु यस घटना सम्बन्धी अनेकौ टिप्प्णीहरु गरिरहेका छन भने अधिकतर चर्चित साहित्यकारहरु भने मौन बसेका छन। बिगतका दिनहरुमा अकादमी पुरस्कार पाएका कृतिहरु कहाँसम्म योग्यको रहेका छन भन्ने कुरा पनि समालोचाकहरुले निष्पक्ष रुपमा पुन: समालोचना लेखनु पर्ने आवश्यक्ता देखा परेको छ। किन कि बिगतका दिनहरुमा अकादमी पुरस्कार प्राप्त कृतिहरुलाई लिएर थुप्रै विवादहरु सृजना भएको थियो। के ति बिगतका कृतिहरुले नेपाली साहित्यको स्तरलाई माथिल्लो तहमा अनि अन्य भाषा साहित्यको दाँजोमा पुर्याउँन नसकेकै कारण यसपल्टको ज्युरीले पुरस्कार नदिनु नै उचित सम्झेर यस्तो निर्णय लिएका हुन कि भन्ने कुरा पनि उजागर गरिदिएको छ। नेपाली साहित्यले यसवर्ष अकादमी पुरस्कार नपाउँने सर्वजनिक भए पछि हिलो छेपाई शुरु भएको छ। साहित्य अकादमी नेपाली भाषा परामर्श परिषदको सन्योजक जीवन नामदुंगले कुनै पनि कृति अयोग्य छ भन्ने ज्युरीका दुई सद्स्यहरुले अयोग्य हुनुको कारण नबताएको खुलासा गर्दै उनीहरुले कारणहरु सर्वजनिक गर्नुपर्ने माग गरेका छन। कुनै पनि कुरा योग्य र अयोग्यहुनुमा कारणहरु हुने बताउँदै विद्वानहरुले कृति अयोग्य रहेको कारण नबताई चुपचाप बस्नु हाँस्यस्पद कुरा रहेको बताएका छन
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.