मंग्पू/२३ दिसम्बर : सार्वजनिक श्रीमद भागवत ज्ञान यज्ञ पुराण आयोजक समिति रेशेप विभाग, मंग्पूको एक सभा द्वारा प्रस्ताव पारित भएपछि सम्पूर्ण चराचर जगतमार्थ समय - समयमा प्राप्त हुने उनै इश्वरको अनन्त कृपा द्वारा ०८ जनवरी २०१२ देखि १५ जनवरी सम्म संगीतमय सप्त दिवशीय श्रीमद भागवत पुराण ज्ञान यज्ञ आयोजन गरिने भएको छ | ज्ञात रहोस प्रकृतिको महा विनाश द्वारा गत १८ सितम्बर, २२ अक्टोबरको बिजनबारी पूल दुर्घटनामा परी मृत्यु अंगालेका हाम्रा सन्तानहरुको आत्माको चीर शान्ति एवम घायल अवस्थामा जीवन मृत्यु संग जुझ्न सकिरहेका विरामीहरुको दिर्घायुको निम्ति प्रार्थना पनि उक्त यज्ञमा गरिने भएको छ | उक्त यज्ञको आरम्भ बिहान ६ बजे देखि राति ९ बजे सम्म कथा प्रवचन हुने भएको छ | त्यस सप्त दिवशीय भागवत ज्ञान यज्ञ एवम प्रार्थना समारोह आयोजक समितिले सम्पूर्ण भक्तजनहरुलाई स्वागत जनाएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?