मंग्पू / केशर मोक्तान: गोर्खा प्राथमिक शिक्षक- शिक्षिका संगठन मंग्पू क्षेत्र समिति तथा सह- सयोगिता आदर्श ग्राम ७४ धुरा लाब्दा प्राथमिक पाठशाला प्रांगणमा श्याम लाल लेप्चा प्रधान अध्यापक चालिस धुरा प्राथमिक पाठशाला अनि गोर्खा प्राथमिक शिक्षक- शिक्षिका संगठन मंग्पू क्षेत्र सभापतिको सभापतित्वमा अवकाश प्राप्त शिक्षक- शिक्षिकावर्ग भरत दाहाल प्र० अ० सरस्वती भस्मे, दुर्गा पाख्रिन, प्र० अ० लाब्दा सी० पी०, एन० बी० ठकुरी, प्र० अ० अपतन प्रा० पा०, श्याम सुदन राई,प्र० अ० गान्धी प्रा० पा०, रुपमणि पाख्रिन, प्र० अ० दिपक प्रा० पा०, तथा अमर गुरुङ सरोजनी प्राथमिक पाठशाला, सिम्ले सह शिक्षक आदि लाई विदाई समारोह भव्य रुपमा सम्पन्न भयो | कार्यक्रमलाई शिक्षक नोर्देन तामांग अनि देवलाल मोक्तानले संचालन गरेका थिए भने मुख्य अतिथि अनिवार्ण मित्र एस० आइ० मंग्पू सर्कल, रतन लामा सचिव मंग्पू जोन मोर्चा, विशिष्ठ अतिथिको बाहुलीबाट डा० सर्वपली राधा कृष्णनको तस्वीरमा माल्य अर्पण भएपछि स्वागत संभाषण शिक्षक किशोर थापा सचिव जी० पी० टी० ओ० मंग्पूले गरेका थिए | यस विभिन्न प्राथमिक पाठशाला मंग्पूको प्रधान शिक्षक- शिक्षिकावर्ग,७४ धुरा आदर्श ग्राम शाखा गोजमुमो सचिव मुनाल घिसिंग, सभापति विष्णु खरेल, समस्त ग्रामबासी, सुरेन्द्र थिंग, जयन्त गिरी तथा सह शिक्षक - शिक्षिकावर्ग , बुध कुमार थापा सभापति मंग्पू शाखा दार्जीलिंग तराई डुवर्स प्लान्टेशंन लेबर युनियन तथा ७४ धुरा प्राथमिक पाठशालाको विधार्थीवर्ग आदिको बिशेष उपस्थिति रहेको थियो | विदाई क्रममा ती ६ जना मंग्पूका विविध प्राथमिक पाठशालाका शिक्षक - शिक्षिकावर्गलाई समर्पण गर्दै पुराना गीतहरु उदवोधन धुनले स्वागत गर्दै कार्यक्रम अझ रोचक बनाएका थिए | सम्पूर्ण उपस्थितिगणका पक्षमा मुख्य अतिथि तथा विशिष्ट अतिथिका बाहुली द्वारा स्मृति स्वरुप माला अर्पण गर्दै गोर्खे टोपी, दोसल्ला पहिराएर संवर्धना पत्र पनि प्रदान गरियो | संवर्धना पत्रलाई मुन्ना पाख्रिनले पठन गरेका थिए भने विधालयका स- साना नानीहरुले नृत्य कविता आदि प्रस्तुत गरे |
Post a Comment
We love to hear from you! What's on your mind?