कालेबुंग नगरपालीका वार्ड पार्षदहरुलाई शपत ग्रहण

कालेबुंग/ डी० के० वाइबा : अन्तत: नगरपालीकाको बागडोर जनप्रतिनिधिहरुको हातमा पुगेको छ | कालेबुंग नगरपालिकाको २३ वार्डहरुमा निर्विरोध बिजयी बनेका वार्ड पार्षदहरुलाई आज यहाँको टाउन हलमा डिपुटी म्याजिसट्रेट डिकी भुटियाले महकुमा अधिकारी एल० एन० शेर्पाको उपस्थितिमा शपत ग्रहण गराए | वार्ड पार्षदहरुलाई शपत ग्रहण गराउनुपर्ने साथै सम्पूर्ण नगरपालिकाको कार्यभार पनि नगर प्रशासनले जनप्रतिनिधिहरुलाई सुम्पेको छ | उक्त कार्यमा वार्ड नम्बर ३ का नगर पार्षद आनन्द गर्ग बाहेक अन्य सबै २२ जना नगर पार्षदहरु उपस्थित रहेका थिए | डिपुटी म्यजिसट्रेट डीकी भुटियाले मोर्चाको पुर्व घोषित नगर अध्यक्ष एल० बी० परियार लगायत सबैलाई सपत दिलाए भने यस अवसरमा मोर्चाका केन्द्रिय समिति सदश्य एवम पुर्व नगर अध्यक्ष नोर्देन लामा, पुर्व उपाध्यक्ष विजय सुन्दास आदिको पनि उपस्थिति रहेको थियो | यसै अवसरमा कालेबुंग महकुमा अधिकारि एल० एन० शेर्पाले कालेबुंग नगरपालिका क्षेत्रमा अनेकौ समस्याहरु रहेको बताए | आफुले नगर प्रशासनको कार्यभार सम्हाले पछि विविध समस्याहरु समाधान गर्ने प्रयाश गरेको बताउदै अब सम्पूर्ण समस्याहरुको समाधान नव निर्वाचित पार्षदहरुले समाधान गर्नु पर्ने बताए | तिनले नव गठित नगरपालिका वोर्डले समस्याहरु समाधान गर्ने कुरामा आशा व्यक्त गर्दै नगरपालिका बोर्डले सरकारबाट मात्र पैसाहरुको आशा नगरेर आफै पैसा निकाल्ने स्रोतहरु निर्माण गर्नु पर्ने सुझाउ दिए | यसै सन्दर्भमा कालेबुंगको घरि घरि बल्झिने डम्पिंगको समस्या मोटर स्ट्याण्ड निर्माणको समस्या आदि समाधानको पहल गर्नुपर्ने सुझाउ दिए | नव निर्वाचित नगर पार्षदहरुलाई सपत ग्रहण गराए पछि आजनै नयाँ बोर्डको पहिलो सभा पनि सम्पन्न भयो | नगरपालिका सभाकक्षामा सम्पन्न सभामा नगरपालिका नियम अनूरुप नगर पार्षदहरुबाट पुर्व घोषित नगर अध्यक्ष एल० बी० परियारलाई नगरपालिका अध्यक्ष चयन गरियो |नगर अध्यक्ष चयन पछि तिनलाई डिपुटी म्याजिस्ट्रेट भुटियाले गोपनियताको शपत ग्रहण गराए | त्यसपछि महकुमा अधिकारी एल० एन० शेर्पाले नव निर्वाचित नगर अध्यक्ष एल० बी० परियारलाई सम्पूर्ण पदभार हस्तान्तरण गरे | यसै अवधि पत्रकारहरुसित कुराकानी गर्दै नवनिर्वाचित नगर अध्यक्ष परियारले कालेबुंग नगरपालिकाको समस्या बारे आफू अव्गात रहेको अनि ती समस्याहरु समाधान गर्न आफू लागिपर्ने बताए | शहरमा पानी, पार्किंग मैला आदिको समस्याहरु समाधान गर्न एउटा गतिलो योजना पहिले बनाउने अनि सरकारबाट बनिएको योजना पारित भए सबै समस्याहरु यथासिग्रह समाधान गरिदिने बताए | तिनले नगरपालिकाको नयाँ बोर्डको निम्ति अनेकौ चुनौतीहरु रहेको बताउदै यसको निम्ति आफू तयार रहेको जानकारी गराएका छन् |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.