Saraswati Higher Secondary School organised Cultural & Felicitation programme

मंग्पू/केशर मोक्तान: मंग्पू सरस्वती उच्चतर माध्यमिक विधालयको वार्षिक सांस्कृतिक कार्यक्रम तथा संवर्धन समारोह अनि पुरस्कार वितरण कार्यक्रम विधालय संचालन समितिका भू०पू० सभाध्यक्ष के० बी० लामाको अध्यक्षतामा सम्पन्न भयो | शुरुमा विधालयका दुई विधार्थी लाडुप तामांग अनि सदिर तामांग जसको यसै वर्ष दुर्घटनावश मृत्यु भएको थियो साथै विधालय ग्रूप डी० कर्मचारी स्व० दुर्गा रावतको आत्मा शान्तिको निम्ति अनि १८ सेप्टेम्बरको भूकम्प पिडितहरु र बिजनबारी पूल दुर्घटनामा मृत्यु अंगाल्न पुगेका गोर्खा सन्तानहरु एम्स अस्पतालको अग्नि काण्डमा ज्यान गुमाउनेहरुको चिर शान्तिको कामना गर्दै दुई मिनटको मौन धारण गरियो | यसै विधालयका भू० पू० विधार्थी रहेका डा० जी० सी० सुब्बाले रसायन विषयमा विधावारिधिको उपाधि प्राप्त गर्नको साथै सिन्कोना एवम अन्य औषधि पौदाहरु पश्चिम बङ्गाल सरकारको निर्देशकको पदमा रही सिन्कोना बगानको उत्थान गरेबापत उनलाई विधालयको तर्फबाट संवर्धना गरियो | साहित्य अकादमी पुरस्कारले अघावै विभूषित विधालयका भुतपुर्व विधार्थी एवम शिक्षक समेत रहेका कवि साहित्यकार मोहन ठकुरीले यस वर्ष नेपाली साहित्यको निरन्तर तथा दीर्घकालिन सेवाको निम्ति त्रिमूर्ति निकेतन काठमान्डौबाट त्रिमूर्ति पुरस्कारले सम्मानित भएको अवसरमा विधालय परिवारले उनलाई संवर्धना गरियो | यसै क्रममा विधालयका भूपू  विधार्थी अनिरुद्र गुरुंगले माइक्रो वायोलोजी विषयमा उतर बङ्गाल विश्वविधालयबाट विधावारिधिको उपाधिले सम्मानित भएकोमा विधालय परिवारले उनीप्रति सम्मान जनायो | उक्त तिनै जना प्रज्ञावान व्यक्तिहरुले विधालयलाई शिक्षार्जनको महत्व र यसको निम्ति आफ्नो लगनशिलतालाई बदाएर लैजाने कुरा माथि प्रकाश पार्दै विधार्थी जीवनमा अनुशासित रहेर अघि बढ्ने मार्गदर्शन दिए | यसै अवसरमा २०११  का माध्यमिक परिक्षाका स्कूलटपर छात्र सिधान्त मिश्र अनि रितेश छेत्रीलाई अनि २०१० मा उच्चतर माध्यमिक परिक्षाका स्कूल अंकिता छेत्री र २०११ को माध्यमिक स्कूल टपर सन्दीप शर्मा र उच्च माध्मिक परिक्षाका स्कूल टपर वेनजीर थापालाई सम्मानसहित पुरस्कार प्रदान गरियो | विधालयको सांस्कृतिक कार्यक्रमलाई अघि बडाउदै विधार्थी कलाकारहरुले सुन्दर नृत्य साथै सुमधुर गीत प्रस्तुत गरेर उपस्थित अतिथिगण तथा अभिभावकहरुलाई मन्त्र मुग्ध पारे | समारोहलाई सम्बोधन गर्दै विधालयका प्रधान अध्यापक एन० बी० छेत्रीले सम्मानित प्रग्यावन व्यक्तिहरुका आलोकले हाम्रो समाजलाई एउटा सदमार्गको दिशा प्रदान गरेको कुरामा बिश्वास जनाउदै यस कार्यक्रमबाट विधार्थीवर्गले पनि राम्रो संदेश पाउन सक्नेछन् भन्ने विश्वाश व्यक्त गरे | बिशोर कार्की, अशित थापा र गोकूल रुचालले संवर्धना पत्र पाठ गरे भने एन० सी० शेर्पा, ए० के० गुरुङ अनि हेमन्त कोठारीको बाहुलीबाट संवर्धित व्यक्तिहरुलाई उपहार हस्तान्तरित गरियो | विधालयका शिक्षकवर्ग बिशोर कार्की, शरद रावत अनि विधार्थीवर्ग शताब्दी मुखिया, शिवानी लोहार र प्रियंका राइले संचालन गरेको कार्यक्रममा गोजनामो केन्द्रिय समिति अध्यक्ष सुर्यमणि राई , महकुमा समिति सदश्य ज्योति दाहाल , गोजमुमो केन्द्रिय समिति सदश्य उर्गेन शेर्पा, मोर्चा रेशेप शाखा सभापति रुपक थापा सचिव अनिल छेत्रीको बिशेष उपथिती रहेको थियो |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.