एक हप्ताको अल्टिमेटम सकियो - एक महिनादेखि निर्देशक रहित छ सिन्कोना बगान

मंग्पू/ केशर मोक्तान -पहाडको दोश्रो बृहत उद्योग सिन्कोना बगानमा पुर्व निर्देशक डा० ज्ञान चन्द्र सुब्बाको गत ३१ अक्टोबरमा आफ्नो कार्यकाल पुरा भएको एकमहिना बबितिसक्दा पनि राज्य सरकारले हाल सम्म स्थायी निर्देशक नियुक्ति नगरेकोमा बगानमा धेरैवटा असुविधा देखिन थालेको छ | १७ निभेम्बरको दिन राज्य सरकारको पक्षबाट मंग्पू कुइलेन कारखानाका कुइलेनविद डा० यु० के० सोमलाई अस्थायी निर्देशकको रुपमा नियुक्ति गरेको खबर फैलिनसाथ सिन्कोना बगान श्रमिक तथा दार्जीलिंग तराई डुवर्स प्लान्टेसंन लेबर युनियनले डा० यु० के० सोमको विरोधमा घोर प्रतिवाद जनाउदै सिन्कोना बगानमा पोस्टरिंग गरेको थियो | तर आज महिना दिन सम्ममा पनि राज्य सरकारले स्थायी निर्देशक नियुक्ति नगर्नुमा सरकारको सिन्कोना बगान प्रति उदासिन नीति स्पष्ट झल्किएको देखिन्छ | पहिले पनि राज्य सरकारको यस्तो नीतिको कारण  धेरै वर्षसम्म सिन्कोना निर्देशकको कार्यभार जिल्लाशासकलाई सुम्पेको कारण यहाँको सिन्कोना बगान मरण संन्न अवस्थामा पुगेको थियो | बगानमा स्थायी निर्देशक नभएकोले सिन्कोना बगान १४ वटा विभागका श्रमिक कर्मचारीलाई धेरै नै समस्या झेल्नु परेको कारण नै  दार्जीलिंग तराई डुवर्स प्लान्टेसंन लेबर युनियनले बगानमा झट्टै स्थायी निर्देशक नियुक्ति हुनपर्छ भन्ने माग गरेका छन् | नोभेम्बर देखि सिन्कोना बगानमा निर्देशकको नियुक्ति नभएको कारण निर्देशक कार्यलय अधिनस्थ कर्मचारीवर्ग र अधिकारीवर्गले यस वर्षको शीतकाल भत्ता  आज सम्म पनि पाउँन सकेका छैन | यस विषयमा दार्जीलिंग तराई डुवर्स प्लान्टेसंन लेबर युनियनका सभापति गोपाल रुचालसित जान्न चाहदा स्थायी निर्देशक सिन्कोना बगानमा ल्याउनको निम्ति युनियन प्रयाशरत रहेको बताउदै हालमा पनि यस विषयलाई लिएर दार्जीलिंग तराई डुवर्स प्लान्टेसंन लेबर युनियन केन्द्रिय समिति कानुनी सल्लाहकार तिलकचन्द्र रोका अनि युनियन सिन्कोना जोन सचिव गगन राई कोलकातामा पुगी सरकार पक्षका अधिकारीसित वार्तालाप गरिरहेको थाहा लागेको छ | सरकार द्वारा बगानका श्रमिक कर्मचारीले पाउने जुन शीतकालीन भत्ता छ त्यो पाउने अधिकार अवश्य पाउने छ तर हालमा बगान कर्मचारीको युनियनले लिएको टेक अनुसार केही समय लाग्न सक्ने सभापति रुचालले बताएका छन् | सिन्कोना बगानमा झट्टै स्थायी निर्देशकको नियुक्ति गरिन पर्छ नत्र युनियनले सिन्कोना बगानको कर्मचारीवर्गलाई लिएर आन्दोलन गर्ने चेतवानी दिदै एक हप्ताको समय दिएको थियो भने सो समय पुरा भएकोले यदि सरकारले अब पनि यस विषयमा ध्यान नदिए युनियनले आन्दोलनको टेकलाई अघि बढाउने जानकारी पाईएको छ | यस विषयलाई केन्द्र गरेर भोलि २ दिसम्बर मंग्पूमा दार्जीलिंग तराई डुवर्स प्लान्टेसंन लेबर युनियनको एक सभा हुने जानकारी यूनियन सभापतिले दिएका छन् | अर्कोतिर पुर्व स्थानीय निर्देशकको कार्यकाल अवधि बद्दोत्तरी हुने विषयमा राज्य सरकार समक्ष कागज पत्र चलिरहेको भएतापनि उनको कार्यकाल बढोत्तरी सन्दर्भमा आज एक महिना बितिसक्दा पनि सरकारको केही छलफल हुन नसकेको विशेष सुत्रबाट थाहा लागेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.