कालेबुंगमा गोरामुमोको पोस्टरिङले फेरि हलचल मचायो

कालेबुंग/डी० के० वाइबा - गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पार्टी प्रमुख सुबास घिसिंग हस्ताक्षरित पोस्टर टाँसेर कालेबुंगमा पार्टीको अस्तित्व रहेको गोरामुमो पार्टी समर्थकहरुले स्पस्ट परेको छ | धेरै दिन पछि कालेबुंगमा आज गोरामुमोको केवल एकैवटा मात्र पोस्ट टाँसिएको थियो | यहाँको अदालतको भित्तामा टाँसिएको पार्टीको पोस्टरमा दलको अडान स्पस्ट परेको छ | दागोपाप एउटा क्षेत्र विहिन रित्तो बिकासको एजेन्सी रहेको अनि सोहीलाई बढोत्तरी गर्न छैटौ अनुसुचीको माग गरेको पोस्टरमा उल्लेख गरिएको छ | जसको अनेकौ बैठकहरु पछि दिल्लीमा राज्य केन्द्र अनि सुबास घिसिंगले मेमोरेन्डम अफ् सेटलमेन्टमा हस्ताक्षर गरेको पनि उल्लेख गर्दै राज्य सरकारले पहाडमा गराउन खोजेको नगरपालीका चुनाव तथा पंचायत चुनाव उक्त सम्झौताको विरुद्ध रहेको पनि उल्लेख छ | छैटौ अनुसुचीमा नगरपालीका र पंचायत विभाग लगायत ४५ वटा विभागहरु गाभिएको तर यता राज्य सरकारले भने सन् १९८८ र २००५ मा भएको सम्झौताको उल्लङ्घन गरेको बताइएको छ | राज्य सरकारलाई दार्जीलिंग पहाडमा पंचायत र नगरपालीका चुनाव गराउने कुनै अधिकार समेत नरहेको अनि आगमी दिसम्बर महिनामा हुने नगरपालीका चुनाव एकदमै झुटो रहेको गोरामुमोले दाबी गरेको छ | यस कार्यले सन् २००५ को सम्झौता मात्र नभएर १९८८ मा भएको शान्ति सम्झौताको पनि राज्य सरकारले खिल्ली उडाएको अनि यो एउटा कानुनी मुद्दा बनेको पोस्टरमा लेखिएको छ | राज्य सरकारले नगरपालिका चुनाव गराएर राज्य सभा र लोक सभा पारित भएको सम्झौताको पनि उल्लङ्घन गरिनुको साथै मानिसहरुलाई भ्रममा पार्ने कार्य गरेको पनि लेखिएको छ | यस्तो राज्य सरकारको कार्य अत्यन्तै घातक रहेको अनि यस्तो घातक कार्य सहन गर्न नसकिने पनि गोरामुमो पार्टीको पोस्टरमा लेखिएको छ | छैटौ अनुसुचीको मुद्दा अहिले केन्द्र सरकारको अधिकारको अधिनस्थ विचाराधीन रहेको अनि यसै मुद्दाले मात्र पहाडका मानिसहरुलाई संवैधानिक सुरक्षा दिने कुरा  उक्त पोस्टरमा लेखिएको छ | यी विविध विषयहरुमा पार्टीका नेताहरुले चर्चा गरेर नगरपालीका चुनावमा पनि भाग नलिने निर्णय गरिएको पनि पोस्टरमा उल्लेख छ |
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.