गोजमुमोले राष्ट्रिय स्तरमा जनाधार गुमाउँदैछ – किरण बीके

डी के वाइबा: कालेबुङ, २६ दिसम्बर; छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन राष्ट्रिय स्तरमा गर्ने गोजमुमोले घोषणा गरेपछि मोर्चालाई हरियाणा, दिल्लीमा सहयोग गर्ने हाल मोर्चबाट निष्काशित हरियाणा शाखाका अध्यक्ष किरण बीकेले आज मोर्चाकै खोईरो खने। तिनले मोर्चाका प्रवक्ता डा हर्क बहादुर छेत्रीको बयानमा प्रतिक्रिय गर्दा आफुलाई पार्टीबाट निकालेको बताउँदै मोर्चाले राष्ट्रिय स्तरमा जनाधार गुमाईरहेको दाबी गरे। ‘जीटीए छुट्टै राज्य जतिकै हो | पहाडमा यसले गोर्खाल्याण्ले जतिकै बिकाश गरेर मोर्चाले देखाउँनेछ| पहाडको बिकासमा सरकाले सानीआमाको व्यवहार गरेको थियो अब मोर्चाले जीटीए मार्फत बिकासको मूल फुटाउँनेछ’ -डा. हर्कबहादुर छेत्रीले ११ जुनको दिन यसो भनेका थिए। उक्त बिषयमा पत्रकारहरुले सोद्धा तिनले जनतालाई पानी, बाटो, बिजुलीको कुरा उठएर मोर्चाले आन्दोलन गरेको भए आउँने थिएन भन्दै जनतालाई एक साथ ल्याउँन मोर्चाले गोर्खाल्याण्डको मुद्दा अघि सारेको थियो भनि जनाएका थिए। उक्त कुरा ११ जुनको दिन पत्र पत्रिकामा छापिए पछि मोर्चालाई राष्ट्रियस्तरमा सहयोग गर्दै आइरहेका मोर्चा कै सङ्गठनहरूलाई ठूलो धक्का लागेको थियो।  यस सम्बन्धमा हरियाणा मोर्चा अध्यक्षले केन्द्रिय नेताको वयानलाई राखेर शाखामा छलफल गरेको बताउँदै यो बाहिर राज्यहरुमा मोर्चालाई सहयोग गर्ने मोर्चाकै भातृ संगठनहरुले बिरोध गरेको आज हरियाणा मोर्चा अध्यक्ष किरण बीकेले पत्रकारहरुलाई जनाए।  मोर्चा केन्द्रिय नेतृत्वलाई डा. छेत्रीको वयानले दार्जीलिङ बाहिरका गोर्खाहरूलाई मर्माहत तुल्याएको अनि यस्तो वयान मुद्दा विरोधी हो भन्ने बुझेर विद्रोह गर्ने वित्तिकै मोर्चा महासचिव रोशन गिरीले हरियाणा मोर्चा अध्यक्ष किरण बीकेलाई दलबाट निस्कासित गरेको पनि तिनले पत्रकारहरुलाई स्पष्ट पारे।  दार्जीलिङ अनि तराई डुवर्सको भ्रमणमा आएका किरण बीकेले आज एक पत्रकार सम्मेलन राख्दै मोर्चाले छुट्टै राज्यको नाममा आन्दोलनलाई क्षेत्रीयकरण गरेपछि राष्ट्रियस्तरबाट गोर्खाहरूको समर्थन गुमाइसकेको पनि स्पष्ट पारेका छन्| जो बोल्न सक्दैनन् अनि जसले राष्ट्रिय मुद्दाको सवाललाई विथोल्न सक्ने मोर्चाको केन्द्रिय समितिको कुनै पनि वयानले दार्जीलिङ बाहिरका गोर्खाहरूलाई पार्ने प्रभावको विरोध गर्न सक्दैनन्, उसैलाई मात्र मोर्चाले माया गरेर पार्टीमा राखेको मात्र होइन जो पनि मुद्दाको हितमा बोल्छ उसलाई दल निकाला गर्ने प्रवृति मोर्चामा रहेको कुरा पनि किरण बीकेले खुलासा गरेका छन् मोर्चाले राष्ट्रिय आन्दोलन भनेको कारण  दिल्लीबाट आफूहरूले मोर्चालाई देशभरि स्थापित गर्ने कार्य गरेको भए पनि मोर्चाले आन्दोलनको निचोडलाई क्षेत्रीय समाधानसित जोडेर देशभरिका गोर्खाहरूको आस्थामाथि धोका दिएको अनि किन यस्तो गरियो भनेर प्रश्‍न गर्नेहरूलाई पार्टीबाट निकालिएको बताउँदै बीकले पार्टी विरोधी हुनु ठूलो कुरा होइन तर मुद्दा भन्दा ठूलो पार्टी होइन भनि जनाएका छन्। तिनले डा छेत्रीको बयानले देशभरिका गोर्खाहरुलाई आघात पुगेको दाबी गर्दै आफुहरुले मुद्दालाई गम्भिरतापुर्वक लिएको कारण पार्टीलाई प्रश्न गर्दा पार्टी बिरोधिको संज्ञा दिएको थप बताए। तिनले  मोर्चाले जीटीए थाप्दा वा नथाप्दा आफुहरुलाई कुनै सरोकार नरहेको जनाउँदै यदि यसैको निम्ति आन्दोलन गरेको हो भने राष्ट्रिय स्तरमा मोर्चाको आन्दोलन क्षेत्रीय आन्दोलन थियो भनेर घोषणा गर्नुपर्ने माग गरे। मोर्चाले आन्दोलनलाई क्षेत्रीय रहेको घोषणा गरेमा देशभरिका गोर्खाहरूलाई केही भन्नु रहने छैनन् तर जबसम्म राष्ट्रिय आन्दोलन भन्छ तबसम्म देशभरिका गोर्खाहरूले मोर्चाको हरेक निर्णयमा हस्तक्षेप गर्ने छ भनि थप बताएमोर्चाले गोर्खाल्याण्डको आन्दोलनलाई शुरुमा राष्ट्रिय आन्दोलन बताएर ख्षेत्रीय समाधानमा सम्झौता गर्नु देशँभरिका गोर्काहरुलाई धपोका दिनु रहेको थप किरण बीकेले जनाए। मोर्चालाई सहि सुझाव दिंदा आफुहरुलाई पार्टीबाट नै निष्काशन गरेको बताउँदै बिगतका दिनहरुको भुलहरुलाई हेरेर आन्दोलन अघि बढाउँन मोर्चाले काम गर्नको साटो क्षेत्रीय समाधानमा लाग्नु महाभुल रहेको तिनले दाबी गरे। तिनले हाल गोर्खाल्याण्ड टास्क फोर्स र क्रामाकपाले गरिरहेको गोर्खाल्याण्डको आन्दोलन समय सापेक्ष रहेको बताउँ आन्दोलनकारीहरुले पहिला रणनीति तयार पार्नु पर्ने सुझाव राख्दै मोर्चाको कुनै रणनीति नै नभएको पनि जनाए। गोजमुमोले जीटीएमा सम्झौता गरेपछि मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाहरुको समस्या समाधान भयो भनेर घोषणा गर्दा त्यसको तत्काल बिरोध गर्नु पर्ने थियो भनि जनाए। आफुलाई बुद्धिजीवि हूँ भन्नेहरु त्यस समय किन मौन बसे भन्ने प्रश्न गर्दै गोर्खाहरुको समस्या केवल अलग राज्यले मात्र हुने दाबी किरण बीकेले गरेका छन्। मोर्चाले जीटीएमा सम्झौता गरेको कारण देश भरिका गोर्खाहरुलाई आघात पुगेको दाबी गर्दै अब गोर्खाल्याण्डको कुरा गर्दा सबैले सोझै बिश्वास नगर्ने अवस्था सृजना भएको तिनले जनाए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.