Saint Mangal Academy, Mungpoo organised debate and prize distribution programme

मंग्पू/१९ दिसम्बर/केशर मोक्तान: रेशेप विभाग अवस्थित सन्त मंगल एकाडेमीले मनजीत थापा,प्रधान अध्यापकको सभापतित्वमा तर्क सभा तथा वार्षिक पारितोषिक वितरण कार्यक्रम सम्पन्न गर्यो | मंग्पूको शिक्षा स्तर तथा शिक्षाको मर्यादालाई अझ प्रगतिशील रुपमा अघि बढाईरहेको मंगल एकाडेमीले आफ्नो विधालयको चार दलहरुमा तर्क प्रतियोगिता सम्पन्न गराएको थियो जसमा अन्तिम चक्र गोदावरी दल र मखमली दल माझ सम्पन्न भयो | " विधार्थीवर्गमा टेलिभिजनको लतले नराम्रो असर पारेको छ वा छैन " भन्ने विषयमा भएको तर्कमा मखमली दल विजय बने भने गोदावरी दल पराजय भयो | कक्षा पाचौ देखि आठौ सम्मका विधार्थीहरु गोदावरी दलका शालीना रामुदामु, प्रवेश राई, अमिषा तामांग, अन्जली पाख्रिन, पुष्प सिन्गौरे तथा विपक्ष दलका नविन अधिकारी, याचना बम्जन, शोगेल तामांग सरस्वति छेत्री, अलिशा कालीकोटे आदिले अंशग्रहण गरेका थिए | सह शिक्षक दुष्यन्त रामुदामुले संचालन गरेको तर्क प्रतियोगितामा मखमली दलका नेता नवीन अधिकारीलाई सर्वश्रेष्ठ वक्ता घोषित गरि स्व० राजेन थापा स्मृति पुरस्कार प्रदान गरियो | कार्यक्रममा २०११मा विविध अन्तर दलीय खेलहरु फूटबल र क्रिकेटको फाइनल खेलको विजयी अनि पराजय फलका खेलाडीवर्ग अनि शैक्षिक सत्र २०११ मा प्रत्येक श्रेणीमा उत्कृष्ट अंक प्राप्तक विधार्थीवर्गका प्रथम दोश्रो अनि तेश्रोलाई विभिन्न अतिथिहरुको बाहुलीबाट पुरस्कार अनि प्रमाण पत्र प्रदान गरियो |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.