किराती खम्बु राई, सांस्कृतिक संस्थानले शुरु गर्यो जनजातीको निम्ति आन्दोलन

कालेबुंग | डी० के० वाइबा: " राईहरु जनजाती हुन् त्यसर्थ भारत सरकारले राईहरुलाई भारतको संविधान अन्तर्गत जनजातीको मान्यता दिनपर्छ " - भन्दै किराती खम्बु राई, सांस्कृतिक संस्थानले आज शहरमा जुलुस निकालेर जोडदार नाराबाजी गरे | किराती खम्बु राई जातिको नयाँ वर्ष यलम सम्वतको अवसरमा संस्थानले शहरमा जुलुस निकाल्नुको साथै महकुमा अधिकारी एल० एन० शेर्पालाई जनजातीको माग गर्दै  ज्ञापन पत्र समेत सुम्पियो | किराती खम्बु राई सांस्कृतिक संस्थान खण्ड एकको आयोजनामा आज यहाँको मेला ग्राउण्डमा नयाँ वर्ष पालन गरियो | राई जातीको परम्परा अनुसार बिजुवाहरुले पुजा गरेपछि नयाँ वर्षको पर्व मनाइयो | पूजा अर्चना समापन भएपछि उक्त कार्यक्रममा आएका सयौ राई समुदायका मानिसहरुले शहरमा जुलुस निकाले | मेला ग्राउण्डबाट शुरु भएको उक्त जुलुस यहाँको थाना डांडा, मेन रोड, डम्बर चौक हुँदै दश माइल फाटकबाट शहर परिक्रमा गरेर महकुमा कार्यलयमा पुगेर समापन भयो | सयौको संख्यामा भेला भएका राई समुदायका मानिसहरुले शहरमा जनजातीको माग गर्दै हातमा विभिन्न प्ले कार्डहरु बोकेर नाराबाजी गरे | यसै अवसरमा किराती खम्बु राई सांस्कृतिक संस्थानका अध्यक्ष अरुण राई, सचिव अरुण प्रकाश राई, उपाध्यक्ष मेघराज राई रहेको प्रतिनिधि टोलीले महकुमा अधिकारी एल० एन० शेर्पालाई ज्ञापन पत्र चडाए | यता ज्ञापन पत्र सुम्पेपछि पत्रकारहरुसित कुराकानी गर्दै संस्थानका सचिव अरुण प्रकाश राईले राईहरु जनजाती रहेको दाबी गरे | राई जातीलाई संवैधानिक अधिकार जनजातीको दर्जा यथा सिग्रह प्रदान गर्नुपर्ने माग गर्दै सरकारले जनजातिको मान्यता नदिएसम्म आन्दोलन जारी राख्ने तिनले बताए | नयाँ वर्षको अवसरमा आज पहिलो चरणको आन्दोलन शुरु गरेको अनि यस प्रथम चरणको आन्दोलन केवल शाखाहरुले मात्र गरेको बताउँदै यस कुरालाई सरकारले नभुझे  सम्पूर्ण किराती खम्बु राईहरु सडकमा ओर्लिने तिनले चेतवानी दिएका छन् |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.