लिंगसे ग्राम पंचायत घटनाकाण्ड : माकपा र गोरामुमो-सीले ग-यो आलोचना | जनमुक्ति कर्मचारी संगठनद्वरा अनिश्चितकालीन बन्द स्थगीत

डी के वाइबा:कालिमन्यूज, 16जनवरी। लिंगसे ग्राम पंचायत कार्यलयमा भुईँचालो पिडीतहरुलाई आएको पैसाले उब्जेको विवादबारे माकपा अनि गोरामुमो-सीले आलोचना गरेको छ। ग्राम पंचायत कार्यलयमा गाउँलेहरु र पंचायत कर्मीहरुमाझ भएको झडपमा एकजना पंचाय सहकर्मी अनि चारजना गाउँलेहरु घाईते बनेका थिए। उक्त घट्नाबारे जनमुक्ति कर्मचारी संगठनले कालेबुंग महकुमाको तीनवटा खण्ड बिकाश कार्यलय लगायत 42 वटा ग्राम पंचायत कार्यलहरु अनिश्चितकालीन बन्द डाकेको थियो। सोहि बिषयमा आज माकपा नेता तारा सुन्दास अनि गोरामोमो-सी का नेता डी के प्रधानले महकुमा अधिकारी एल एन शेर्पालाई भेट गरेर कार्यलय बन्द खोलाउँन पहल गर्नुपर्ने माग गरे। महकुमा अधिकारीलाई भेट गरे पछि पत्रकारहरु सित कुराकानी गर्दै दुवै नेताहरुले जकसको आलोचना गरे। उनीहरुले ग्राम पंचायतमा भएको झडप सम्बन्धमा खण्डबिकाश कार्यलय अनि ग्राम पंचायत कार्यलयहरु बन्द गरेको कारण जनसाधरण मानिसहरुलाई ब्यापक असुबिधा सृजना भईरहेको बताउँदै कार्यलय बन्द गर्दैमा समस्या समाधान नहुने बताए। गोरामुमो-सीका नेता डी के प्रधानले कार्यलय बन्द गर्न अघि दोषिहरु पक्राउ गर्ने मागमा प्रशासनलाई अल्टिमेटम दिन पर्थ्यो भन्दै यसो नगरी बन्द गर्नु अनुचित रहेको बताए। तिनले घटनाको निन्दा गर्दै यसको सही जाँच हुनपर्ने माग गर्दै दोषिहरुलाई पक्राउ गर्नु पर्ने माग गरे। तर दोषिहरु पक्राउको मागमा कार्यलयहरु बन्द गर्नु गलत रहेको तिनले दाबी गरे। यता माकपा नेता तरा सुन्दासले घटनाको बिरोधमा कार्यलय बन्द गर्दा दोषिहरुले सजाय नपाएर जनसाधारण मानिसहरुलाई नै उल्टो संकट सृजना भएको दाबी गरे। तिनले जनमुक्ति कर्मचारी संगठनको आलोचना गर्दै घटनको बिरोधमा कार्यलहरु बन्द गर्नु भन्दा कर्मचारीहरुको समस्याहरु उठान गर्नु पर्ने सुझाव दिए। सुन्दासले बिगत केहि महिना अघि उत्तर बंग परिवहन निगमका कर्मचारीहरुले डी ए नपाउँदा कर्मचारी संगठनले केहि कार्य नगरेको आरोप लगाउँदै यसरी कार्यलयहरु बन्द गर्नु भन्दा पहिले संगठनले कर्मचारीहरुको समस्या समाधान गर्न पहल गर्नु आवश्यक रहेको जनाए। तिनले घटना काण्डमा लिप्त दोषिको पक्राउ हुन पर्ने माग गर्दै दोषि पक्राउकै मागमा कार्यलय बन्द गरेर जनसाधारणलाई नै असुबिधा हुने काम गर्नचाहिँ अनुचित रहेको दाबी गरे।
यता जनमुक्ति कर्मचारी संगठनले भोलिदेखि कालेबुंग महकुमा क्षेत्रको खण्डबिकाश कार्यलय अनि 42 वटा ग्राम पंचायत कार्यलय बन्द भोलिदेखि स्थगित राखेको बताए। बिशेष पुलिस प्रशासनले दोषिहरु बिरुद्ध वारण्ट जारी गरेर पक्राउ गर्ने पहल शुरु गरेको कारण उक्त बन्दलाई आगमी 31 जनवरी सम्म स्थगित गरेको जकसका अध्यक्ष खडकबिक्रम सुब्बाले पत्रकारहरुलाई बताए। तिनले दोषिहरु चाँडो पक्राउ गर्नु पर्ने माग गर्दै यदि पक्राउ नगरे पुन बन्द शुरु गर्ने चेतावनी दिएका छन।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.