गोजमुमोको विकल्प नयाँ दल गठन हुन पनि सक्छ अथवा पुरानै एउटा दललाई अघि बढाउन पनि सक्छ - अजय दहाल

कालेबुंग | डी० के० वाइबा: गोर्खा जनमुक्ति मोर्चा पार्टीले जबदेखि पहाडका गोर्खाल्याण्ड राज्य माग्ने आन्दोलनकारी दलहरुलाई संगठित पारेर संगै आन्दोलनको बाटोमा हिडाउन चाहेनन्  तब देखि गोजमुमोको विकल्पका रुपमा कार्य शुरु भएको हो | विकल्प नयाँ दल गठन हुन पनि सक्छ अथवा पुरानै दलहरु मध्ये कुनै एउटा दललाई अघि बढाउन पनि सक्छ | अहिले हामी चर्चा गरिरहेका छौ | यसको चाडै निष्कर्ष निस्कने छ " - भनेर युनाइटेड रेभुलेशनरी फ्रन्ट ( युजीआरएफ ) प्रमुख अजय दाहालले भनेका छन् | तिनले पत्रकारहरुसित कुरा गर्दै नयाँ दल गठन हुने विगत केही महिनादेखि चलिरहेको हल्ला केवल हल्ला मात्र नरहेको बताउँदै यस बारेमा साथीहरुसित चर्चा परिचर्चाको कार्यहरु जारी रहेको स्पष्ट पारे | तिनले गोजमुमोको विकल्पमा पहाडमा नयाँ राजनैतिक दल गठन गर्नुपर्ने अथवा कुनै दललाई दह्रिलो गर्नुपर्ने भन्ने विषयमा विमर्श भइरहेको दाबी गरे | मोर्चाको विकल्पमा अनि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई सशक्तिकरण गरेर अघि बढाउन युजीआरएफ , क्रामाकपा अथवा गोर्खालिग पार्टीलाई दह्रिलो बनाउन पर्ने हो कि वा नयाँ दल नै गठन गर्नु पर्ने त्यो चाडै सार्वजनिक हुनेछ - अजय दाहालले भने | यसैक्रममा तिनले गोजमुमोले ल्याउन लागेको जीटीए छुट्टै राज्य गोर्खाल्याण्डको बाटोमा कति रोडा भएर बस्नेहुन्  भन्ने यसको लागु भएपछि स्पष्ट हुने बताए |  

अर्कोतिर दाहालले पहाडमा दिन प्रतिदिन बढिरहेको अपराधिक घट्नाहरु प्रति चिन्ता व्यक्त गरेका छन् | तिनले पहाडमा बढिरहेको अपराधिक घट्ना निर्मुल पार्न समस्याको मूल जड खोजेर त्यसको निर्मूल पर्ने कार्य गर्नुपर्ने बताए | हाल पहाडमा यस्ता अपराधका घटनाहरु वृद्धि हुनमा माफियाहरुको हात रहेको तिनले दाबी गर्दै दार्जीलिंग पहाडदेखि बाहिरका शक्तिहरुले माफिया डनहरुलाई गोर्खाल्याण्ड आन्दोलन दमन गर्न पहाडको राजनैतिक सत्तामा स्थापित गरेको बताए | सोही कारण अहिले दार्जीलिंग पहाडको शिक्षा,कानुन राजनीति माफियाहरुले पर्दा पछिबाट चलाइ रहेकै कारण यहाँ दैनोदीन अपराधका घटनाहरु वृद्धि भइरहेको दाबी गरे | विगत पहाडमा गोरामुमोको कालमा यस्ता माफिया डनहरु सत्ता र शासनको दोश्रो तहमा रहेको बताउँदै अहिले यस्ता माफियाहरु पक्राउ नपरेको कारण आफुहरुलाई कानुन र संविधान भन्दा ठुलो ठान्ने गरेर ठुला ठुला अपराधिक घट्नाहरु घटाउन सक्रिय रहेको तिनले जनाए | तिनले यस्ता माफिया डनहरुले नै होनहार नेताहरु हत्या गरेको कारण अहिले दार्जीलिंग पहाड नेतृत्वविहिन बनेको दाबी गरे |
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.