किराती खम्बु राई सांस्कृतिक संस्थान द्वारा नमुना घरको उद्घाटन

कालेबुंग | डी० के० वाइबा: किराती खम्बु राई सांस्कृतिक संस्थान पकांग बियोंग शाखाको आज राईहरुले नमुना घर उद्घाटन गरे | कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित अरुण ताम्कुले राईले रिबन काटेर उक्त नमुना घरको औचारिक उद्घाटन गरे | राई जातिको पारम्परिक संस्कृतक साखेला नृत्य सम्पन्न भयो | उक्त नमुना घरमा राई जातिको पारम्परिक विविध सामग्रीहरु राखिएको छ | राई जाति जन जाति रहेको सरकारलाई अव्गात गरउन उक्त नमुना घरमा सम्पूर्ण सामग्रीहरु समावेश गरेर संरक्षण गरिएको छ | कार्यक्रमलाई सम्बोधन गर्दै  किराती खम्बु राई सांस्कृतिक संस्थान कालेबुंग महकुमा समितका अध्यक्ष अरुण ताम्कुले राईले राई जाति जन जाति रहेको दाबी गरे | सरकारले यस कुरालाई ध्यान राखेर जन जातिको मान्यता दिनपर्ने तिनले माग गरे | सरकारले राईहरु जनजाति हुँदा हुदै पनि जनजातिको मान्यता नदिएर अन्याय गरिरहेको सचिव प्रकाश राईले बताए | तिनले सरकारले यथासिग्रह राई जातिलाई जनजातिको मान्यता नदिए भविष्यमा जोडदार आन्दोलन गर्ने चेतवानी समेत दिए |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.