साई दर्पणको बिमोचन

डी के वाइबा: कालेबुङ, ६ जनवरी;
      बिगत २० बर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको साई दर्पण द्वयमासिक पत्रिकाको सय अङ्क पुगेको अवसरमा एउटा बिशेशाङ्क प्रकाशित भएको छ। उक्त सय अङ्क बिशेशाङ्को आज यहाँको दुख निवारक सम्मेलन भवनमा लोकार्पण गरियो। कार्यक्रमका मुख्य अतिथि बिन्द्या सुब्बा, बिशिष्ट अतिथि सानुमति राई, विवेक केशर पाण्डे, कवि मोहन ठकुरी अनि सुरज रोशुरीको बाहुलीबाट उक्त पत्रिकाको बिधिवत लोकार्पण गरियो। यसै अवसरमा कार्यक्रममा कवि गोष्ठि पनि सम्पन्न भयो। बेद पाठ र प्रणव मन्त्रोच्चारण पछि सुरु भएको कार्यक्रममा मुख्य अतिथि बिन्द्या सुब्बाले साई बाबाको तस्बिर अघि दिप जलाई भने बरिष्ठ कवियत्री सानुमती राईले तस्बीरमा माल्य अर्पण गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै बिबेक केशर पाण्डेले पत्रिका प्रकाशनको २० यात्राबारे प्रकाशा पारे। तिनले साई दर्पण पत्रिकाले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्षम बनेको बताउँदै यसले साईको महिमा बारे पाठकहरुलाई जानकारी पाउँन खुबै सहयोग हुने गरेको बताए। यस पत्रिकाले मानव मूल्यका कुराहरुलाई महत्व दिएको कारण शुरुका दिनहरुमा ५ सय प्रति छापनि पुस्तक अहिले ३५ सय प्रति प्रकाशित हुन थालेको बताउँदै यो २० वर्षे यात्राको ठूलो उपलब्धी रहेको बताए। यसै क्रममा मुख्य अतिथि बिन्द्या सुब्बाले साईको अध्यात्मिक चर्चा गर्दै साहित्य र अध्यात्मबारे तुलनात्मक चर्चा गरिन्। साहित्यमा अध्यात्म भएको बताउँदै अध्यात्मले मानिसहरुलाई राम्रो बाटोमा डोहो-याउँने कार्य गरेको तिनले बताईन। कार्यक्रममा उदय थुलुङ, देवलाल मोक्तान, सुधिर छेत्री, सुरज रोशुरी, मनोज बोगटी आदले कविता वाचन गरे भने कवि मोहन ठकुरीले धन्यवाद ज्ञापन गरे। यसै कार्यक्रममा साहित्यकार गोपिनारायण प्रधाको असमायिक निधनमा मौन धारण गरेर शोक पालन गरियो।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.