कुन शक्तिले रोक्दैछ युवा मोर्चाको आन्दोलनलाई ?

डी के वाइबा: कालेबुङ, ६ जनवरी;
      आखिर कुन शक्तिले युवा मोर्चाको आन्दोलनलाई रोकिरहेको छ भन्ने प्रश्न अहिले निकै गम्भिर बनेको छ। किन भने युवा मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अघि बडाउँन मङ्पूको जनसभा आयोजना गरेको थियो। उक्त जनसभाबाट खासै आन्दोलनको रुपरेखा घोषणा नगरेता पनि बिभिन्ना स्थानहरुमा जनसभा गरेर युवा शक्तिलाई एकत्रित पार्ने अनि १२ फरवरिको दिन रणनीतिको घोषणा गर्ने भनेको थियो। तर मङ्पूको जनसभ पछि भोलि खर्साङमा हुने पहिलो जनसभा नै रद्द भएपछि उक्त प्रश्न उठेको छ। जीटीए गठनमा दिनो दिन बिल;म्ब भएको कारण युवा मोर्चाले आन्दोलन अघि बढाउँने घोषणा गरेको भए तापनि आन्दोलन शुरु नभई सेलाएको छ।गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन युवा मोर्चाले गत १८ दिसम्बरको दिन मङ्पूको जनसभाबाट छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्ने घोषणा गरे तापनि भोलि खर्साङमा हुने जनसभा भने रद्द गरेको छ।  यसको साथै यसै महिनाको एक तारिक देखि महिनाब्यापी गोर्खाल्याण्डको निम्ति ह्स्ताक्षर अभियान गर्ने कार्यक्रममा पनि धेरै सुस्तिपन देखिएको छ। यद्यपी युवा मोर्चाले हस्ताक्षर अभियान भने चलिरहेको दाबी गरेको छ। युवा मोर्चाले पहाडको तिनै महकुमा लगायत मिरिक र सिलगढीमा जनसभा गर्ने घोषणा मङपूबाट गरेको थियो। तर भोलिको जनसभा रद्द भएको कारण आगमी अन्य स्थानहरुम हुने जनसभाहरु पनि रद्द हुन सक्ने सम्भावना रहेको छ। युवा मोर्चाले छुट्टै राज्यले मात्र गोर्खाहरुको समस्या समाधान हुने कुरा गर्दै मोर्चाले सम्झौता गरेको जीटीएको कुनै बिरोध नगरि आन्दोलन अधि बडाउँने कुरा गरेको थियो। युवा मोर्चाले आन्दोलनको घोषणा गरेको केहि दिनमानै राज्यका मुख्य मनत्रीले मोर्चा प्रतिनिधीहरु सित बैठक गरेको थियो। त्यस पछि भने युवा मोर्चा नेताहरुले आजसम्म घोषणा अनुरुप आफ्नो कलार्यक्रमलाई अघि बढाएका छैनन्। युवा मोर्चाको घोषणा सुनेर राज्यका मुख्य मन्त्री ममता ब्यानर्जी रिसाएको कुरा समेत प्रकाशमा आएको थियो जसको कारण युवा मोर्चाले आफ्नो आन्दोलनको रुपरेखा परिवर्तन गरेको हुनसक्ने सम्भावना धेरै रहेको छ। भोलि हुने खर्साङको जनसभा रद्द गरिनुको कारणले पनि उक्त कुरालाई पुष्टि गरेको हुनसक्ने मानिसहरुले अनुमान गरिरहेका छन्। एकातिर जीटीएको गठनमा दिनोदिन बिलम्ब भईरहेको छ भने अर्कोतिर युवा मोर्चाको पुर्व घोषित आन्दोलन शुरु नभई थन्को लागेको छ। युवा मोर्चाले यदि छुट्टै राज्यको आन्दोलनलाई साँचो रुपले अघि बडाएका हुन् भने अन्य राजनैतिक दलहरुले पनि सहयोग गर्ने घोषणा गरेको थियो तर, आन्दोलन भने शुरु हुन अघि नै बिलाएर गएको छ। हुन त युवा मोर्चा नेताहरुले यस कुरालाई झूटो रहेको बताउँदै आन्दोलन बौधिक रुपले अघि बडाउँन कार्य क्रममा फेर बदल गरेको बताएको छ। यद्यपी पूर्वघोषित  जनसभा रद्द हुनुमा राज्यका मुख्य मन्त्रीको रिसाह प्रवृति मुख्य कारण हुनसक्ने राजनैतिक सचेतकहरु बताउँछन्। यस्तो अवस्थामा अब युवा मोर्चाको आन्दोलन कहाँसम्म पुग्नेहुन् भन्ने कुराको जवाब भविष्यकै गर्वमा लुकेको छ। युवा मोर्चाले छुट्टै राज्यको आन्दोलन अघि बडाउँने घोषणा गर्न अघि भागोपको सक्रियतामा गठन भएको गोर्खाल्याण्ड टास्क फोर्सले छुट्टै राज्यको आन्दोलनलाई राष्ट्रिय स्तरमा अघि बडाउँने घोषणा गरेको थियो। यसको साथै क्रामाकपाले पनि दिल्लीमुखी कार्यक्रम सुरु गरेको थियो। सोहि आन्दोलनलाई लगाम लगाउँन मोर्चाले युवा मोर्चालाई आन्दोलनको घोषणा गर्न लगाएर बाटो थुन्ने कार्य गरेको सचेतकहरु बताउँछन्। यतिमात्र बिगत केहि महिना अघि देखि पहाडमा छुट्टै राज्यको नारा लिएर नयाँ राजनैतिक दल गठन हुने हल्ला चलिरहेको छ। उक्त नयाँ दल गठन भए मोर्चालाई प्रभाव पर्ने ब्यापक सम्भावना रहेको छ। यस कुरालाई खुफिया बिभागले समेत गिद्दे नजरले हेरिरहेका छन् भने मोर्चाले पनि उत्तिकै गहन सित हेरिरहेका छन। यी सबै कुराहरुलाई ध्यानमा राखेर मोर्चाले आफ्ना समर्थकहरुलाई छुटिन नदिन युवा मोर्चाको आन्दोलनको बहनामा नयाँ रणनीति अप्नाएको सचेतकहरु बताउँछन् । यतिमात्र होइन नयाँ राजनैतिक दल गठनको प्रक्रियालाई समेत गर्भमानै तुहाउँने मोर्चाको रणनीति रहेको बिज्ञजनहरुको भनाई रहेको छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.