उतरखण्डमा गोजमुमोको कुनै समर्थन छैन - जीडीएफ

देहरादुन/कालेबुंग | डी० के० वाइबा: " आजसम्म गोर्खा जातिको सोझोपन र इमान्दारीको फाइदा उठाएर प्रत्येक राजनैतिक दलहरुले गोर्खाहरुलाई भोट ब्यांक मात्र बनायो | प्रत्येक चुनावमा फोस्रो आस्वाशन दिने नेताहरु भोट जितेर मन्त्रीहरु बने तर आश्वासन कहिले पुरा भएन | गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा र राष्ट्रिय परिचय नेताहरुले भोट जितेर गए पनि बारम्बार भुल्ने गरेको छ | हामी गोर्खाहरुको निम्ति भारतको संविधान अनुरुप छुट्टै राज्य चाहान्छौ|त्यसर्थ सरकारले गोर्खाहरुलाई अब भोट ब्यांक मात्र बनाउनु होइन तर संवैधानिक अधिकार छुट्टै राज्य यथासिग्रह दिनपर्छ " - भन्दै उतरखण्ड राज्यको गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सुर्य विक्रम साहीले टेलिफोन मार्फत भनेका हुन् | तिनले गोर्खाहरु केवल भोटिंग मेशिन मात्र होइन तर गोर्खाहरुले देश संचालन समेत गर्न सक्ने दाबी गर्दै यसचोटी गोर्खा डेमोक्रेटिक फ्रन्टले उतरखण्ड विधान सभामा दुईजना उम्मेदवार खडा गरेको बताए | सोमबार सम्पन्न भएको उतरखण्ड विधान सभा चुनावमा गोर्खा डेमोक्रेटिक फ्रन्टका उम्मेदवारहरु भुपेन्द्र सिंह छेत्री अनि कुमारी पूजा छेत्रीले सम्पूर्ण गोर्खा समुदाय लगायत अन्य भाषी समुदायका मानिसहरुबाट उत्साह जनक भोट प्राप्त भएको दाबी गरे | तिनले यसै क्रममा आगमी ६ मार्चको दिन हुने चुनाव परिणाम घोषणामा आफ्ना दलका प्रार्थीहरुले विजय हाशिल गर्ने दाबी समेत गरे | गोर्खाहरुको भोट पाएर विजय हुने नेताहरुले गोर्खा जातिलाई नै अवहेलनाको दृष्टिले हेर्ने गरेको कारण अब गोर्खाहरुको एकता सबैलाई देखाउन आफुहरु राजनैतिक मैदानमा उत्रनु बाध्य बनेको तिनले थपे | तिनले भारतभरी बसेका गोर्खाहरुको हक र अधिकारको कुरा उठाउने बताउँदै गोर्खाहरुले हक र अधिकारको कुरा गर्दा विदेशीको चश्माले हेर्नेहरुको मानशिकतामा परिवर्तन ल्याउने समय आएको शाहीले अझ बताए | उतरखण्डमा जीडीएफले कुनैपनि जाति वर्गमा भेदभाव नराखी आजसम्म कार्य गर्दै आएको दाबी गर्दै मानवताको मूल मन्त्रलाई सधै अघि राखेर कार्य गर्ने गरेको बताए | 

अर्कोतिर तिनले कुराकानी कै अवधि गोर्खा जनमुक्ति मोर्चाको नाम नलिकन आलोचना गर्दै कुनै पनि व्यक्ति बिशेष अथवा राजनैतिक दलले आफ्नो स्वार्थको निम्ति कार्य गर्छ भने त्यसको जीडीएफले कहिलयै स्वीकार नगर्ने दाबी गरे | दार्जीलिंग पहाडमा चलेको छुट्टै राज्यको आन्दोलनमा जीडीएफले सहयोग गरेको बताउँदै विकाशको मुद्दामा छुट्टै राज्यको मुद्दालाई त्याग्नु मुर्खता रहेको बताए | तिनले विकास मान्छेलाई चाहिन्छ भन्दै बिकासकै मुद्दामा छुट्टै राज्यको मुद्दा संग सम्झौता गर्छ भने त्यो स्वीकार्य नरहने तिनले बताए | सरकारले गोर्खाल्याण्डको मुद्दालाई दबाउन कुनै एउटा राजनैतिक दलका नेताहरुसित सम्झौता गरेर छुट्टै राज्यको मुद्दालाई दबाउन नसक्ने पनि दाबी गरे | 

यसैक्रममा तिनले गोजमुमोले उतरखण्डमा निर्दलीय उम्मेदवार जगदीश चौहानलाई समर्थन गरेर तिनको पक्षमा भोट हाल्ने आह्वान गर्नु हास्यस्पद रहेको बताए | उतरखण्डमा मोर्चाको समर्थन नभएको दाबी गर्दै त्यसैको उदाहरण गोर्खा उम्मेदवार नपाएको तिनले थप दाबी गरे | तिनले जीटीएको खुल्ला विरोध गर्दै गोर्खाहरुको समस्या समाधान गर्न कुनै एउटा दलको सम्झौता स्वीकार्य नरहेको अझ बताए | गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षाको प्रश्नमा सरकारले समेत सम्पूर्ण भारतभरी छरिएका गोर्खाहरुको विचार बुझ्न आवश्यक रहेको बताउँदै यदी कुनै एउटा राजनैतिक पार्टीको दलीय स्वार्थको निम्ति सम्झौता गरे त्यसको परिणाम घातक हुने बताएका छन् | छुट्टै राज्यको आन्दोलनमा अनेकौ मानिसहरुले आफ्नो प्राण गुमाएपछि विकाशको मुद्दालाई अघि लगाउन उचित नरहेको बताए | यसैक्रममा छुट्टै राज्यको निम्ति आफुहरु आफ्नो ज्यान दिन तयार रहेको तर कुनै पनि दलीय स्वार्थ माग्ने पक्षमा नरहेको पनि सुर्य विक्रम शाहीले स्पष्ट पारे | 

स्मरण रहोस उतरखण्ड विधान सभामा यसवर्ष दार्जीलिंग पहाडको शक्तिशाली राजनैतिक दल मानिने गोजमुमोले निर्दलिय उम्मेदवार जगदीश चौहानलाई समर्थन गरेको छ | मसुरी विधानसभा क्षेत्रबाट उठेको निर्दलीय उम्मेदवार जगदिश चौहानको सोझो प्रतिद्वन्द गोर्खा डेमोक्रेटिक फ्रन्टका प्रार्थी भुपेन्द्र सिंह छेत्रीसंग भएको थियो | यस चुनावी प्रतिद्वन्दमा कुदेका सम्पूर्ण उम्मेदवारहरुको भाग्य सोमबार सम्पन्न चुनावमा इभीएम मशिनमा बन्द भएको छ | मोर्चा प्रमुख बिमल गुरुङ, नारी मोर्चा प्रमुख आशा गुरुङ समेत चुनाव प्रचारमा पुगेका प्रार्थीको विजय निश्चित हुने मोर्चाले अगावै दाबी गरेपनि जीडीएफले मोर्चाको समर्थन नभएको दाबी गरेको छ | यस्तो अवस्थामा आगमी ६ मार्चमा हुने चुनावी परिणाम सबैको निम्ति चाखलाग्दो विषय बनेको छ |
Read latest post filed under assam and northeast, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.