मंग्पू | केशर मोक्तान: डिन्छेंन शेरप छ्योलिङ गुम्बा मंग्पूमा तीन रिम्पोछेको बाहुलीबाट महा अभिषेक फरवरी ३,४ अनि ५ को दिनहरुमा सम्पन्न हुने भएको छ | उक्त मंग्पूको गुम्बामा ड्रकपा रिन्पोछे (ङवाङ खेनरप ) खरसाङ निवासी, झम्पल दोर्जे म्हेम्हेको पुन: अवतार रिन्पोछे कुन्साङ राडोल, स्व: डिन्छेंन रिन्पोछेको पुन: अवतार गिर्मे उर्गेन छ्योडाग रिन्पोछे भुटान निवासी तथा अन्यान्य मंग्पू गुम्बाका टोल्कुहरु द्वारा महा अभिषेक सम्पन्न हुनेछ | सम्पूर्ण रिन्पोछेहरु भोलिदेखि यस मंग्पू गुम्बामा उपस्थित हुने भएको छ | उक्त कार्यक्रम दिनांक ३ ४ र ५ फरवरी प्रतिदिन बिहान सात बजेदेखि बाह्र बजेसम्म पूजा साधना हुनेछ भने अपरान्ह एक बजे उसो महा अभिषेक सम्पन्न हुनेछ भनी गुम्बा पक्षबाट जानकारी छ | उक्त तीन दिन महा अभिषेक कार्यक्रममा मंग्पू,भुटान, नेपाल,सिक्किम, डुवर्स, दार्जीलिंग, कालेबुंग, खर्सांग, सुनदह तथा अन्यान्य स्थानहरुबाट भक्तजनहरु उपस्थित रहने पनि डिन्छेंन शेरप छ्योलिङ गुम्बा मंग्पूको सचिव दावा लामाले जानकारी गराएको छ | यस धार्मिक अनुष्ठानमा गुम्बा पूजा आयोजक समितिले सबै धर्मावलम्बीहरुलाई हार्दिक स्वागत जनाउदछ |
Post a Comment
We love to hear from you! What's on your mind?