Industrial Training Institute (ITI) to open in Mungpoo

मंग्पू/केशर मोक्तान: मंग्पू रेशेप् विभाग भस्मे गाउँ मास्तिर आइ० टी० आई० बनिने सुनिश्चित भएको छ | यस आइटीआइ निर्माणको निम्ति रतन थापा संयोजक मंग्पू लाठ पन्चर समष्टि तथा संगठनिक सचिव केन्द्रिय समिति गोजमुमोको बिशेष उपस्थितिमा एम० एल० चक्रवती आइटीआइ सिलिगुडी, के० भावलपी० डब्ल्यु० डी० सहायक अभियन्ता सिलिगुडी, पी० दास प्रिन्सिपल आइटीआइ आदिले उक्त प्रस्ताव निर्माण हुने स्थानको भ्रमण गर्यो | मंग्पूमा यस केन्द्रको निम्ति मंग्पू सरकारी कुइलेनबारीबाट उक्त स्थानको तीन एकर जमीन हस्तान्तरण गरी मंग्पूबासीको निम्ति नयाँ वर्ष शुरुवातमा नयाँ ऐतिहासिक कार्यमा बल दिएको छ | यसै प्रकारले नयाँ सरकार तथा गोजमुमोको सत्प्रयास तथा कुशल पथ प्रदर्शनमा मंग्पूमा आइटीआइ बनिने कार्यको निम्ति आगमी सप्ताहदेखि स्थानीय व्यवस्थापन शुरु गरिने संयोजक तथा संगठनिक सचिव रतन थापाले जानकारी दिएका छन् | उक्त निर्माण कार्यको निम्ति रतन लामा मंग्पू जोन सचिव गोजमुमो तथा गगन राई दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन केन्द्रिय समिति सिन्कोना जोन सचिवले यथा सिग्रह सहयोग गरी अघि बढाउने भएको छ | यस केन्द्रले सम्पूर्ण मंग्पू तथा वरिपरिका गाउँबासीका आठौ श्रेणी ड्रप आउट विधार्थीगण, माध्यमिक स्तर तथा उच्च माध्यमिक उतिर्ण विधार्थीवर्गलाई बिशेष फाइदा हुने डिपुटी डाइरेक्टर एम० एल० चक्रवतीले बताएका छन् | यस केन्द्रले गरीब देखि सबै तहका विधार्थीहरुले उनीहरुको रुची अनुसार स्कील डेभलप्मेंट गरी सजिलै आफ्नो जीवन निर्वाह गर्न सक्ने आइटीआइ सिलिगुडी सुपरभाइजर एन० आर० भुटियाले बताएका छन् | यस भ्रमणमा मंग्पू जोनको सभापति प्रदीप छेत्री . बुध कुमार थापा, दार्जीलिंग तराइ डुवर्स प्लानटेशम लेबर युनियन सभापति, दयानन्द राई,सभापति युवा मोर्चा तथा विभिन्न प्रतिनिधिहरुको उपस्थिति रहेको थियो | यस आइटीआइमा आठौ कक्षाको निम्ति पेन्टर, वेल्दिंग अनि ग्यास इलेक्ट्रिकल , माध्यमिक उतिर्णको निम्ति इन्टरनल डेकोरेशन अनि डिजाइनिंग, लेबोटोरी आर्ट एन केमिकल प्लान्ट, इलेक्ट्रिकल साथै माध्यमिक उतिर्णको निम्ति सकिन केयर एवम हेयर ड्राइभर एवम मेकानिकल अनि उच्च माध्यमिकको निम्ति अमीन, फ्लोरिकल्चर , हर्टिकल्चर तथा कम्प्युटर अपरेटर अनि प्रोग्रमिंग असिस्टेन अनि ड्राफमेंन प्रशिक्षणहरु उपलब्द गराउने जानकारी गरेका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.