सडक दुर्घट्ना | ६ जना घाईते, २ जनाको अवस्था गम्भिर

डी के वाइबा;कालेबुङ २३जनवरी:यहाँको १२ माईल नजिक भएको सडक दुर्घट्नामा ६ जना मानिसहरु घाईते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको कारण सिलगढी रेफर गरिएको छ। जानकारी अनुसार डब्ल्यु बी २५५६ कमाण्डर कालेबुङदेखि गिडाब्लीङ गईरहेको समयमा उक्त दुर्घट्ना भएको हो। उक्त दुर्घटना लकभग ४ बजे बेलुकि भएको हो।  उक्त दुर्घट्नामा घाईतेहुनेहरु क्रमैले साईमन जेम्स(४२), चन्दन जेम्स(१५), कुञ्जन लेप्चा(३७), आकाश शेर्पा(१८), फूर्बा छिरिङ भुटिया(६७) अनि छिमिला भुटिया(११) रहेका छन्। घाईतेहरुलाई यहाँको माहकुमा अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ भने छिरिङ भुटिया अनि छिमिला भुटियाको अवस्था चिन्ताजनक रहेको कारण सिलगडी रेफर गरिएको छ। उक्त वाहन कालेबुङबाट बुधबारे गिडाब्लीङ गईरहेको समयमा स्ट्रीङ लक भए पछि सडकमा नै पल्टिए। दुर्घट्नामा वाहनका चालक हिरा राईलाई सामान्य चोट लागेको छ भने तिनलाई प्राथमिक उपचार पछि अस्पतालबाट छुट्टी दिएको छ। चालकले दिएको जानकारी अनुसार वाहन कुदिरहेको समयमा अचानक स्ट्रीङ लक भए पछि उक्त दुर्घटना भएको हो। घाईतेहरुको शरिरको बिभिन्न भाग अनि टाउकोतिर चोटपटक लागेको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.