जिल्लापाल कार्यलयबाट जारी विज्ञापनको विरोधमा जनमुक्ति अस्थायी कर्मचारी संगठन द्वारा शहरमा पोस्टरिंग

कालेबुंग | डी० के० वाइबा: एकातिर कर्मचारीहरु स्थायिकरणको प्रतिक्षामा बसेका छन् भने अर्कोतिर विभागले अस्थायी कर्मचारीवर्गलाई वास्ता समेत गरेको छैन | यस्तै घट्ना भएको छ पंचायत विभागमा रहेका रिक्त पदहरुमा नियुक्ति गर्ने जिल्लापाल कार्यलयको विज्ञापनले | पंचायत विभागमा रहेको रिक्त पदहरुमा नियुक्ति गर्न दार्जीलिंग जिल्लापाल कार्यलयबाट गत १९ जनवरीको दिन विज्ञापन जारी गरेको छ | जहाँ दुर्भाग्यको कुरा के छ भने रिक्त पदहरुमा नियुक्ति गर्न अवकासप्राप्त कर्मचारीवर्गबाट आवेदन आमन्त्रित गरेको छ | उक्त विज्ञापन प्रकाशित पछि जनमुक्ति अस्थायी कर्मचारी संगठनले जोडदार विरोध गरेको छ | संगठनले उक्त निर्णयको विरोध गर्दै आज सहरमा पोस्टरिंग समेत गरेको छ | सरकारको उक्त कार्यले अस्थायी कर्मचारीवर्ग अनि शिक्षित बेरोजगारहरुको भविष्य अँध्यारोमा पार्ने कार्य गरेको संगठनले दाबी गरेको छ | संगठनले उक्त सरकारी सुचनाको विरोध गर्दै यस्तो विज्ञापनलाई यथासिग्रह फिर्ता लिनुपर्ने माग गरेको छ | संगठनका अध्यक्ष के० सी० राईले जिल्लापाल कार्यलयबाट जारी विज्ञापनले दार्जीलिंग पहाडमा निम्न वेतनमा कार्यरत अस्थायी कर्मचारी हरुको भविष्य अनिश्चित बनाएको आरोप लगाएका छन् | सरकारले अस्थायी कर्मचारीवर्गलाई स्थायी गर्नुको साटो अझ अवकाश प्राप्त कर्मचारीहरु नियुक्ति गर्ने षड्यन्त्र गरेर बेरोजगारहरुको पेटमा लात मार्ने काम संगठनले कुनै पनि परिस्थितमा सहन नगर्ने बताए | पंचायत विभागमा रहेको रिक्त पदहरु स्थायी पदहरु रहेको कारण उक्त पदहरुमा स्थायी नियुक्ति हुनपर्ने माग गरेको छ | यदी विभागले यस्तो कार्य नगरे आगमी दिनमा अस्थायी कर्मचारी संगठन सडकमा ओर्लिएर आन्दोलन गर्ने चेतवानी समेत दिएका छन्  |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.