सुबुक बजार नेपाली प्राथमिक विद्यालयमा इरकोन ( Indian Railway Construction Company Limited)द्वारा आवश्वयक सामाग्रीहरू वितरण

सुबुक: २५/१/२०१२ आज सुबुक बजार नेपाली प्राथमिक विद्यालयमा भारतीय रेल बिभाग अधिनस्थ एक कम्पनि इरकोन ( Indian Railway Construction Company Limited) द्वारा यस विद्यालयका विद्यार्थीहरूलाई अति आवश्वयक सामाग्रीहरू वितरण गरियो।  विद्यालयमा अध्ययन गरि रहेका स्थानिय गरीब-गुर्बा का छोरा-छोरीहरूले यसरी आवश्वयक सामाग्रीहरू पाउदा अभिभावक, विद्यार्थी तथा शिक्षक- शिक्षिकाहरूले खुशी प्रकट गर्दै इरकोनका अधिकारीवर्गलाई धन्यवाद टक्राएका छन्।
 आज स्कूल प्रांगनमा एउटा कार्यक्रम बीच इरकोन का महा-प्रबन्धक औ सह-प्रबन्धक श्री ए. के. सिन्हा द्वारा १५० जना विद्यार्थीहरूको निम्ति स्कूल ब्याग, पेन्सिल बक्स, तथा खाताहरू वितरण गरियो।
 उल्लेख्य छ, भारतीय रेल विभाग द्वारा सुबुक देखि रम्फू सम्म ५२.१० किलो मिटर रेल लाइन बिछ्याउने परियोजना हातमा लिएको भएता पनि बन बिभागको छाड़ पत्र नपाएको कारण काम शुरु हुन सकेको छैन।  परियोजना शुरु हुन अघि नै रेल विभागले समाज कल्याणकारी काम  गर्नाले परियोजनाबाट स्थानीय मानिसहरूको अर्थ-सामाजिक बिकाशमा ठूलो टेवा पुर्याउन सक्छ। महा प्रबन्धकलाई पाठशालामा रहेको मूल समस्या विद्यार्थीहरू बस्ने चौकी र टेबल रहेका पनि अवगत गरियो, सुबुकमा सर्व शिक्षा अभियान सिलगड़ी शिक्षा जिल्लाद्वारा भव्य स्कूल भवन बनिए  पनि ससाना नानीहरू  चौकी र टेबलको अभावमा यो ठण्डा मौसममा पनि चिसो भूईमा बस्न परेको छ, यस बारे उनले अवश्य सहयोग पुर्याउने आश्वासन दिनु भयो।
आजको यस कार्यक्रममा स्थानीय शिक्षानुरागी श्री तुलसी प्रधान, पाठशालाका प्रधान शिक्षक श्री श्याम कुमार घिमिरे, सह शिक्षक श्री अरूण कुमार घतानी    पनि उपस्थित थिए। 
Read latest post filed under general news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.