Kalimpong Celebrated 63rd Repuplic Day of India

डी के वाइबा: कालेबुंग 26 जनवरी: बिगत वर्षहरुको तुलनामा यसवर्ष कालेबुंगमा छुट्टै प्रकारले गणतन्त्र दिवस पालन गरियो। यहाँको मेनरोडमा आयोजित कार्यक्रम दिल्लीको राजपथमा हुने कार्यक्रमको ढाँचामा गरिएको थियो। कार्यक्रममा मुख्य अथितिका रुपमा महकुमा अधिकारी एल एन शेर्पा उपस्थित रहेका थिए भने बिधायक डा हर्कबहादुर छेत्री बिशिष्ट अथितिका रुपमा उपस्थित रहेका थिए। मुख्य अथिति शेर्पाले राष्ट्रिय झण्डा उत्तोलन गरेर सलामी दिए पछि होमगार्डका जवानहरुले हवाई फायर संगै राष्ट्रिय गीत गाएर सलामी दिए। यस अवसरमा महकुमा अधिकारी एल एन शेर्पाले कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्र दिवस पालन गर्नको औचित्यबारे मानिसहरुलाई अवगत गराए। तिनले यस वर्षको कार्यक्रम बिगत वर्षहरुको तुलनामा अलग प्रकारले पहिलोचोटि मेनरोडमा आयोजना गरेको बताउँदै मानिसहरुले आफ्नो स्थानको बिकाशको निम्ति अघि आउँन पर्ने गणतन्त्र दिवसको अवसरमा आह्वान गरिन। सोहि अवसरमा तिनले मानिसहरुले कालेबुंगको बिकाशको निम्ति प्रशासन र जनप्रतिनिधीहरुबाट धेरै अपिक्षा साँच्नुको साथै आफ्नो सहभागीत पनि हुन आवश्यक रहेको बताए। हाल कालेबुंगमा अनेकौँ समस्याहरु रहेको बताउँदै शहरको बिकाशको निम्ति जनताको सहभागीत महत्वपूर्ण रहेको बताउँदै गणतन्त्र दिवसको शुभकामना ब्यक्त गरे। महकुमा अधिकारी शेर्पाले झण्डोत्तलन गरेर राष्ट्रिय झण्डालाई सलामी दिए पछि शुरु भएको कार्यक्रममा पश्चिम बंगाल पुलिस बिभागका होमगार्डका जवानहरु, अवकाशप्राप्त सेनाका जवानहरु अनि बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले परेड प्रदर्शन गरेर सलामी दिए। उक्त परेडका सलामी मुख्य अथिति शेर्पाले थापेका थिए। यसै अवसरमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले ब्याण्ड डिस्प्ले पनि गरेको थियो भने बिभिन्न संघ संस्थाहरुले झाँकीहरु प्रस्तुत गरे। कार्यक्रममा 27 माउण्टेन डिभिजन सेना छाउँनीका जवानहरुले खुबै आकर्षक भांगडा नृत्य प्रस्तुत गरे भने अन्य संघ संस्थाका मानिसहरुले देश भक्ति गीत तथा नृत्याहरु प्रस्तुत गरे। कार्यक्रममा बृद्ध ब्यक्तिहरुको लामो दुरीको हिडाई प्रतियोगिता, चालकहरुमाझ दोरी तान्ने पतियोगिता सम्पन्न भएको थियो भने यहाँको टाउँनहलमा रक्तदान शिविर, फोटो प्रदर्शनी पनि सम्पन्न भयो। सोहि अवसरमा शहरमा बाईक –याली पनि सम्पन्न भएको थियो। उक्त बाईक –यालीमा पुलिस अनि साधरण मानिसहरुले भाग लिएका थिए।
      अर्कोतिर यहाँको शंसोधन गृह, न्यायलय, थान, नगरपालीका महकुमा कार्यलय लगायत अन्य स्थानहरुमा पनि 63 औँ गणतन्त्र दिवस पालन गरियो। यसै क्रममा गोजमुमो पार्टी कार्यलयमा पनि गणतन्त्र दिवस पालन गरियो। यस अवसरमा मोर्चा नेता एव कालेबुंगका बिधायक डा हर्कबहादुर छेत्रीले राष्ट्रिय झण्डोत्तलन गरे। डा छेत्रीले यस अवसरमा सम्बोधन गर्दै गणतन्त्र दिवसको सबैलाई शुभकामना ब्यक्त गरे। 
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.