राजमार्ग ५५ को बैकल्पिक मंग्पू पीडब्ल्यु रोड चौडादार गर्न शुरु - किनारका पसल - घर संकटमा

मंग्पू | केशर मोक्तान: राष्ट्रिय राजमार्ग ३१ ए को वैकल्पिक मार्गको रुपमा चिनिने मंग्पू पी० डब्ल्यु० ( स्टेट हाइवे) लाई चौडादार गर्ने कार्य चलिरहेको छ | राजमार्ग ५५ अनि रोहिणी रोडलाई मर्मत गर्ने कार्य भएकोले सिलिगुडी देखि दार्जीलिंग आवतजावत गर्ने सम्पूर्ण यान वहान  हालमा मंग्पू  भएर नै चलिरहेको छ | दार्जीलिंगको निम्ति मधेश र पहाडलाई जोड्ने एकमात्र बैकल्पिक मजबुत सडक मंग्पू रोडलाई भन्दा कुनै असुविधा पर्दैन | बर्खा याममा राष्टिय राजमार्ग ५५ पहिरोको कारण बारम्बार भत्किने र बन्द हुने हुनाले सम्पूर्ण गाडीहरु मंग्पू भएर नै गुड्ने गर्दछ भने हालमा पनि त्यही अवस्था आएको छ | यति मात्र नभएर जय गाउँ , भुटानदेखि दार्जीलिंग आवत जावत गर्ने गाडीहरु पनि यसै रोड भएर चलिरहेको छ | हालमा नाली डाँडा फाटक जिरो पोइन्ट देखि रम्बी फाटक सम्म १२ कि० मी० रोडलाई चौडादार गर्ने सरकारको योजना रहेको जान्नमा आएको छ | मंग्पू नाली डाँडा बजारलाई छोडेर स्थानीय कौले गोलाई देखि उक्त रोडलाई जे० सी० बी० को माध्यममा चार फिट चौडादार गर्ने कार्य चलिरहेको छ | प्राय: जसो ठाउँमा रोड साघुरो भएको कारण अनि यस रोड भएर फिलहाल ठुला - ठुला गाडीहरु ज्यादा गुड्ने भएकोले नै राज्य सरकारको पी० डब्ल्यु विभाग द्वारा यस रोडलाई चौडादार गर्ने कार्य गरिएको हो भनी पीडब्ल्यु विभागका एक अधिकारीले जनाएको छ | सरकारको योजना अनुरुप उक्त सडक सात मिटर अर्थात २८ फीट हुन पर्ने भए पनि हालमा भने केवल एक मिटर अर्थात ३ फीट ३ इन्च मात्रै चौडादार गर्ने कार्य भइरहेको छ | यस रोड चौडादार भइसके १८ फीट हुने जसमा सजिलै सित ठुला दुइवटा वहान गुड्न सक्ने अनुमान लगाईएको छ | यस्तै गरी नाली डाँडा क्षेत्रमा भने सिमेन्टेड घर तथा दोकान बनिएको हुँदा सडक चौडादार गर्दा कतिवटा घर तथा दोकानहरु भत्काउन पर्ने स्थिति देखा परेकोले अगाडी पट्टि घरको भाग भत्काउंदा तनाउपूर्ण स्थिति सृजना हुने प्रबल सम्भावना रहेको देखिन्छ | 
उक्त विषयलाई केन्द्र गरेर पीडब्ल्यु विभाग द्वारा नाली डाँडा बजार परिसर पनि चाडै नै चौडादार गर्ने भएकोले पीडब्ल्यु विभाग द्वारा एक प्रतिलिपि नाली डाँडा व्यापारी संगठन , सिन्कोना बगान निर्देशक, स्थानीय पुलिस प्रशासन तथा मोर्चा मंग्पू जोनलाई पठाईएको जान्नमा आएको छ | तथापि व्यापारी संगठनलाई सम्बन्धित विभाग द्वारा पठाईएको उक्त प्रतिलिपिमा सडक कति फीट चौडादार गर्ने हो? कुनै उल्लेख नगरिएको थाहा लागेको छ | अर्कोतिर नाली डाँडा क्षेत्रमा सडक चौडादार गर्ने खबर प्रकाशमा आए पनि स्थानीय घर मालिकवर्गलाई सम्बन्धित पीडब्ल्यु विभागले अहिले सम्ममा पनि कुनै पत्रचार नगरेको गुनासो रहेको छ | त्यति मात्र नभएर मंग्पू क्षेत्रमा पीडब्ल्यु विभाग द्वारा भर्खरै मर्मत गरेको कल्वार्ड पनि सठीकसित निर्माण नभएकोले कतिवटा ठाउँमा बहान गुड्न धेरै नै असुविस्ता भएको चालकहरुको गुनासो रहेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.