दार्जीलिंग पहाडमा के साँचै माओवादी पसेका छन् ???

कालेबुंग | डी० के० वाइबा: दार्जीलिंग पहाडमा के माओवादी सक्रिय हुन थालेका छन् भन्ने अहिले घरि खुलदुली चलेको छ | पहाडमा माओवादीहरु सक्रिय हुन थालिरहेको गुप्तचर विभागले दाबी गरेको खबर एउटा नेपाली दैनिक पत्रमा प्रकाशित भएपछि माओवादीको  आतंक बिस्तारै छाउन थालेको छ | केन्द्रको ग्रिह मन्त्रालयबाट प्राप्त भएको सुचना अनुरुप अहिले माओवादीहरुले असमदेखि दार्जीलिंगसम्म विभिन्न क्षेत्रहरुमा आफ्नो जाल बिछाउँन थालेको समचार प्रकाशमा आए पछि साधारण मानिसहरुमा माओवादीको  आतंकले सताउँन थालेको छ | समचार पत्रमा उक्त माओवादीहरुलाई पाकिस्तानको गुप्तचर संस्था आइएसआइ ले सहयोग गरिरहेको केन्द्रिय गुप्तचर विभागले दाबी गरेको कुरा उल्लेख गरेको छ | यस सम्बन्धमा थाना सुत्रबाट प्राप्त जानकारी अनुसार दार्जीलिंग पहाडमा माओवादीहरु पसेको कुरा कतैबाट पुष्टि नभएको बताएको छ | पुलिसका एकजना उच्च अधिकारीले आफ्नो नाम प्रकाशमा नल्याउने आग्रह गर्दै अहिले घरि दार्जीलिंग पहाडमा माओवादी पसेको कुरालाई पुलिस विभागले गहन छान बीन गरिरहेको अनि यस विषयमा सम्पूर्ण थानाहरुलाई अलर्ट गराईरहेको जानकारी दिएका छन् | यधपि हालसम्म पहाडमा चलिरहेको माओवादीको हल्ला कतैबाट पुष्टि हुन नसकेको उक्त अधिकारीले बताएका छन् | यस सम्बन्धमा अहिले घरी केन्द्र अनि राज्यका गुप्तचर विभागहरु समेत सक्रिय बनेर गहनरुपले खोजी अभियान गरिरहेको थाहा लागेको छ | 

स्मरण रहोस गोजमुमो प्रमुख बिमल गुरुङले गत ६ फरवरीको दिन कालेबुंग टाउन हल अनि ८ फरवरीको दिन सिब्सुबाट कालेबुंगमा माओवादी पसेको कुरा बताएपछि अहिले घरि माओवादीको हल्ला बढ्दै गइरहेको छ | केहिदिन अघि मात्र कलेबुंगमा सीआरपीएफले माओवादी पक्रा गरेको अफवाह फैलिएको थियो | उक्त अफवाहको कारण  मानिसहरुमा त्रास सृजना भएको थियो भने भर्खरै समचार पत्रमा दार्जीलिंग पहाडमा माओवादी पसेको खबर केन्द्रको गुप्तचर विभागले दाबी गरेको प्रकाशमा आएपछि थप जनसाधारणमा आतंक सृजना भएको छ | अहिलेसम्म दार्जीलिंग पहाडमा माओवादीहरुले कुनै डर लाग्दो क्रिया कलाप गरेको खबर प्रकाशमा नआएपनि अन्य स्थानहरुमा माओवादीले गरेको क्रिया कलापहरु देखेर मानिसहरु आतंकित बन्न थालेका छन् | आखिर किन मावोवादीहरु दार्जीलिंग पहाडमा भित्रिएको खबर प्रकाश आइरहेका छन् भन्ने कसैलाई थाहा नभए पनि पहाडी क्षेत्रमा आफुलाई सुरक्षित ठानेर उनीहरु आफ्नो ज्यान बचाउन आइरहेका हुन्  कि ? भन्ने प्रश्न पनि अडेको छ | तर यता पाकिस्तानको आइएसआइ बाट सहयोग पाइरहेको माओवादीहरु दार्जीलिंग पहाड भित्रिएको खबर यदी साँचो हो भने पक्कै उनीहरुले आतंक फैलाउन नै चाहेका हुन् | यस विषयलाई गहन छानबिन गरेर साधारण मानिसहरुमा बढ्दो आतंकित हल्लालाई समापन गर्न यतिखेर प्रशासनले नै स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएको छ |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.