जीटीए मोर्चालाई गलामा अड्केको हड्डी बनेको छ – एनोसदास | टास्क फोर्सले अब दिल्लीमा धर्ना दिने

 डी के वाइबा : कालेबुंग 25 फरवरी: गोर्खाल्याण्ड राज्य गठनको औचित्य बारे उत्तर पुर्वीय राज्यहरुमा बिभिन्न राजनैतिक दलहरुका मुख्यमंत्री अनि सांसदहरुलाई  बुझाउँने कार्य सके पछि अब गोर्खाल्याण्ड टास्क फोर्सले दिल्लिमुखि कार्यक्रम गर्ने भएको छ। भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष रेभरेन डा एनोस दास प्रधानले टास्क फोर्सको भावि कार्यक्रमबारे जानकारी दिदै आगमी 19 मार्चको दिन संसद भवनमा बजेट सेसन चलिरहेको समयमा धर्ना गर्ने कार्यक्रम रहेको आज एउटा पत्रकार सम्मेलनमा जानकारी गराए। टास्क फोर्सको उत्तरपुर्वीय भ्रमण खुवै सकारात्मक बनेको बताउँदै यस कार्यले गोर्खाल्याण्ड आन्दोलनको निम्ति फाईदा पुगेको तिन्ले दाबी गरे। उत्तरपुर्वीय राज्यहरुको भ्रमण गर्दा त्यस क्षेत्रका राजनैतिक दलका नेताहरुले गोर्खाल्याण्ड बिना उत्तर पुर्वीय क्षेत्रको मानचित्र नै अपुरो रहेको टास्क फोर्सलाई बताएको जानकारी गराउँदै गोर्खाल्याण्ड राज्य निर्माणको निम्ति सबै राजनैतिक दलका नेताहरुले टास्क फोर्सलाई पूर्ण सहयोग दिने प्रतिबद्धता जाहेर गरेको पनि प्रधानले पत्रकारहरुलाई बताए। यस सम्बन्धमा एकजना सांसदले टास्क फोर्सलाई तत्काल सोनिया गान्धी र प्रधान मंत्रीलाई सिफारीस गरेर गोर्खाल्याण्डको आवज उठाउँने माग गरिदिने समेत बताएको तिनले जानकारी गराए। यसै क्रममा तिनले आगमी मार्च महिनामा दिल्लीमा हुने धर्ना प्रदर्शनी कार्यक्रममा उत्तर पुर्वाय क्षेत्रका संसदहरुको लगायत नयाँ राज्य माग्ने दलका प्रतिनीधिहरु समेत उपस्थित बनेर गोर्खाल्याण्डको समर्थनमा सहभागी बनिदिने तिनले थप बताए। टास्क फोर्सले गोर्खाल्याण्डको औचित्य बुझाएर हाल देशब्यापी रुपमा काम गर्ने पहल गरिरहेको बताउँदै गोर्खाल्य़ाण्डको निम्ति मानिसहरुमा सृजना भएको भूल धारणा समेत कम भएर गोर्खाल्याण्डको समर्थन प्राप्त भई रहेको तिनले दाबी गरे। यसै सिलसिलामा तिनले आगमी अप्रेल महिनामा अहिले नगएका राज्यहरुमा गएर मुख्यमंत्रीहरु र सांसदहरुलाई गोर्खाल्याण्डको आवज बिधान सभा र संसदमा उठाईदिने आग्रह गर्ने पनि रेभरेन एनोसदास प्रधानले जानकारी गराए। भागोपले चौकिको राजनीति नगर्ने बताउँदै संकीर्ण राजनैतिक बिचारधाराबाट माथि उठेर टास्क फोर्सले जाति मिक्तिको निम्ति काम गर्ने तिनले बताए। तिनले जीटीएले गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षा बोक्न नस्क्ने दाबी गर्दै टास्क फोर्स गोर्खाल्याण्डको मुद्दामा प्रतिबद्धता रहेको दाबी गरे। बिगत दिनमा गोर्खाल्याण्डको निम्ति भागोपले गोजमुमोलाई समेत साथ दिएको बताउँदै हाल भागोप र टास्क फोर्सलाई मोर्चाले गाली गर्दै बिभिन्न आरोपहरु लगाउँनु ठिक नभएको तिनले बताए। मोर्चाले गोर्खाल्याण्डको आन्दोलनलाई बिचैमा त्यागेर जीटीए नाम भएको ललीपपमा भुलिएको आरोप लगाउँदै जीटीए थाप्ने कुन बाध्यता परे भनि तिनले प्रश्न गरे। आज मोर्चालाई जीटीए गलामा अल्झिएको हड्डी बनेको बताउँदै गोर्खाल्याण्डको मुद्दालाई अघि लगाएर चुनावमा उठेका बिधायकहरु किन मौन छन भनि तिनले प्रश्न तेर्साए। अहिले घरी गोर्खे समाज संकुचित बिचारधाराको राजनैतिक शिकार बनेर युवाहरु दिग्भ्रमित बनेको तिनले आरोप लगाउँदै यस्तो हुनमा तथाकथित बुद्धिजीविहरु जिम्मेवार रहेको पनि तिनले आरोप लगाए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.