कालेबुंग शहरमा सु - व्यवस्थित पार्किंग व्यवस्था छेपारोको कथा बन्दैछ

कालेबुंग | डी० के० : कालेबुंग शहरमा ट्राफिक जामको समस्या समाधान गर्न कालेबुंग नगर प्रशासनले गत २१ सितम्बर २०११ को दिन २६ सुत्रिय नियम बनाएको छ | नगर प्रशासनले बनाएको उक्त नियम कतिसम्म व्यवहारिक रुपले चलेको छ भन्ने कुराको पोल भने " नो पार्किंग " जोनमा दैनिक पार्किंगमा राखेको बहानहरुको लामेतांतले खोलेको छ | शहरको सुन्दरीकरण र ट्राफिक व्यवस्था सुधारको निम्ति नगर प्रशासनले विभिन्न योजना र नियमहरु बनाएर कार्यन्वयको घोषणा समेत गरेको छ | तर उक्त योजना र नियमहरु पालन भएका छन् के भन्ने कुरामा कसैलाई सोच्ने फुर्सद नभएको जस्तो बनेको छ | किन कि हाल कालेबुंग शहर वहानहरुको लामेतांत जाम हुने व्यस्त शहर बन्दै गइरहेको छ | बढ्दो जन संख्या र बढ्दो बहानहरुको भीड अनि त्यसै माथि अव्यवस्थित वहानहरुको पार्किंग जामको मूल समस्या बन्दै गइरहेको छ | एकातिर शीतकालिन विदा पछि अहिले सम्पूर्ण विधालयहरु खोलिएको छ भने अर्कोतिर शहरमा जामको कारण विधार्थीहरु हैरान बन्न परिरहेको छ | अहिले घरि मूल रुपले यहाँको टीआरसी अघि रहेको कलेबुंग महकुमा अस्पताल जाने मूल सडकमा जामको समस्या जटिल बन्दै गइरहेको छ | नगर प्रशासनले उक्त सडक किनारालाई नो पार्किंग जोन घोषणा गरेर वहानहरुको पार्किंगमा कागजी रुपले प्रतिबन्द लगाएको भए पनि व्यवहारिक रुपले भने यसो हुन सकेको छैन | उक्त सडक भएर विरामी बोक्ने वहान अनि विधार्थीहरु दैनिक अवत जावत गर्छन् तर सडक किनारमा नगर प्रशासनको नियमलाई अवमान्य गरेर वहानहरु राख्ने गरेको कारण दैनिक मानिसहरुले समस्या भोग्न परिरहेको छ | यस सम्बन्धमा कालेबुंग ट्राफिक अधिकारी सित प्रश्न गर्दा उक्त क्षेत्र नो पार्किंग जोन रहेको स्विकार गर्दै ट्राफिक ट्राफिक सुचारु गर्न आफुहरु दैनिक लागि परेको जनाए | शहरमा बढ्दो ट्राफिक समस्या हुनमा चालकहरु पनि उत्तिकै दायी रहेको ट्राफिक अधिकारी शिव सागर छेत्रीले जनाए | तिनले चालकहरुले सही ढंगमा नियम पालन गर्नु पर्ने आह्वान गरे | आज देखि माध्यमिक परिक्षा संचालन भएको कुरालाई मध्य नजर गर्दै ट्राफिक सुचारु पार्ने कार्यमा ट्राफिक पुलिसले सक्रिय भूमिका निर्वाह गरिरहेको पनि तिनले जनाए | 

स्मरण रहोस कलेबुंग शहरको सुन्दरीकरण अनि पार्किंग व्यवस्था सु - व्यवस्थित पार्न नगर प्रशासनले पहल गरिरहेको भए पनि उक्त कार्य छेपारोको कथा नै बनिरहेको छ | किन भने दुर्घटना नभए सम्म नगर प्रशासन कानमा तेल हालेर बसेको घटना बारम्बार दोहोरिंदै आइरहेको छ | विगत केही महिना अघि स्थानीय डम्बर चौक नजिक ट्रकको धक्का लागेर एक युवकको मृत्यु हुँदा ट्रकहरु शहरमा प्रतिबन्ध समयमा कुद्न रोक लगाएका थिए तर अहिले भने प्रतिबन्धित समयमा पुन: ट्रकहरु शहरमा कुद्न थालेको छ | जसको कारण नगर प्रशासनले फेरि दुर्घटना होस् भन्ने सोचेका छन् कि ?? भन्ने गम्भीर प्रश्न अघि आएको देखिन्छ |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.