कालेबुंगमा भइरहेको तीन दिवसीय "अनुवाद कार्यशाला " को आज समापन

कालेबुंग | डी० के० वाइबा: राष्ट्रिय अनुवाद मिशन अन्तर्गत सी० आई० आई० एल०(Central Institute of Indian Language) को आयोजना अनि कालेबुंग कलेजको सहयोगितामा शुरु भइरहेको तीन दिवसीय अनुवाद कार्यशालाको आज समापन भयो | डा० राजेन्द्र ढकाल, डा० गोकुल सिनहा, डा० एम० पी० छेत्री आदि उपस्थित रहेका थिए | यस अवसरमा अनुवाद विषयमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो | राष्ट्रिय अनुवाद मिशन अन्तर्गत CIIL मैसुरले अहिले घरी विभिन्न ज्ञानका कुराहरु सम्बन्धि भाषी मानिसहरुलाई लाभ पुगोस भनेर अनुवाद गर्ने कार्यको थालनी गरेको छ | यसै शिलशिलामा नेपाली भाषामा पनि अन्य भाषाहरुका पुस्तकहरु अनुवाद गर्नको निम्ति उक्त कार्यशाला आयोजना गरिएको थियो | नेपाली भाषामा अन्य भाषाका साहित्य , इतिहास, दर्शन, समाज सास्त्र, बिज्ञान आदिका पुस्तकहरु अनुवाद भए नेपाली भाषी पाठकहरुलाई लाभ हुने कार्यक्रममा वक्ताहरुले बताए | सोहि कुरालाई मध्य नजर राखेर शिक्षित मानिसहरुले अनुवाद कार्यलाई पेशागत रुपले अपनाउन सकिने राष्ट्रिय अनुवाद मिशन नेपाली भाषाका सयोजिक सुनिता दाहालले बताइन | तिनले यस अनुवाद कार्यले नेपाली भाषी पाठकहरुलाई अत्यन्तै फाइदा हुने बताउँदै उच्च शिक्षा लिनको निम्ति नेपाली भाषामा अहिले पाठ्य सामग्रीहरुको अभावलाई समेत यस कार्यले पुरा गर्ने तिनले बताइन | अनुवाद गर्ने अनुवादकलाई यस कार्यको निम्ति राम्रो व्यवस्थामा पारिश्रमिक समेत दिने प्रबन्ध भएको कारण अनुवादलाई पेशागत रुपमा अघि बढाउन चाहनेहरुको निम्ति थप फाइदा हुने तिनले जनाए | यता कालेबुंग महा विधालय प्राचार्य आर० पी० ढकालले यस अनुवाद कार्यशालाले थुप्रै लाभ पुगेको बताएका छन् | उक्त कार्यशालामा अनुवादको व्यवहारिक तथा सैद्धान्तिक पक्षहरुको जानकारी राम्रो सित सबैले पाउन सकेको बताउदै अनुवाद कार्यमा आउने समस्याहरु तथा यसको निवारण बारे पनि कार्यशालामा विषय विशेषज्ञहरु माझ चर्चा भएको तिनले बताए | तीन दिवसीय उक्त अनुवाद कार्यशालाको समापन कार्यक्रममा अंश ग्रहण गर्नेहरुलाई प्रमाण पत्र पनि वितरण गरियो |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.