कालेबुङमा सडक दुर्घटना ३ जनाको मृत्यु ३ जनाको अवस्था चिन्ताजनक

डी के वाइबा: कालेबुङ १६ फरवरी; कालेबुङ शहरदेखि महाकाल डाँडा गईरहेको मारुति भ्यान दुर्घट्ना ग्रस्त हुँदा तीन जनाको घट्ना स्थलमा नै मृत्यु भएको छ। जानकारी अनुसार मारुति भ्यान W.B 79- 0773कालेबुङ शहरदेखि महाकाल डाँडा गईरहेको समयमा महाकाल डाँडा बडा भालुखोप स्थित सिबुडी झोडामा लकभक दुईसय फिट तल झरेर दुरर्घटना ग्रस्त भएको छ। उक्त भ्यानमा सवार तीन जनाको घट्ना स्थलमा नै नृत्यु भएको छ भने अन्य तीनजनालाई गम्भिर अवस्थामा कालेबुङ महकुमा अस्पतालमा भर्ना गरिएको छ। घटना लकभक साँझ साढे चार बजेतिर भएको हो। उक्त दुर्घटनामा मृत्यु हुनेहरु क्रमैले वाहनका चालक कास्योम बस्ति निवासी गोपाल घिमीरे (21), वाहनका मालिक साङ्से पेथोङ निवासी माणिकुमार प्रधान उर्फ बले नेवार(५०), अनि साङ्से पेथोङ निवासी कुमार गुरुङ(६१) रहेका छन्। यता घाईतेहुनेहरुमा क्रमैले ईन्द्रमाया गुरुङ(५७), पासाङ तामाङ(३५), अनि रुबेन राई (१७) रहेका छन्। घाईतेहारु मध्ये ईन्द्रमाया गुरुङ(५७), अनि पासाङ तामाङ(३५), को टाउकोमा चोट लागेको कारण अवस्था चिन्ता जनक रहेको छ भने रुबेन राईको एउटा हात भाँचिएको थाह लागेको छ। दुर्घटनामा मृत्य भएकाहरुको शव कालेबङ पुलिसले उद्धार गरि कालेबुङ माहकुमा अस्पतालमा राती ल्याई पुराएको थाह लागेको छ भने भोलि पोष्ट मार्टम गारिने जानकारी पाईएको छ। उक्त दुर्घटनाले क्षेत्रमा शोकको लहार छाएको छ भने दुर्घटनाको कारण बारे कुनै पत्तो लाग्न सकेको छैन।
Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.